विराटनगरमा सीप उत्सव हुने

 न्यूज विराट
विराटनगरमा सीप उत्सव हुने

विराटनगर । विराटनगरमा सीप उत्सव २०८२ हुने भएको छ । उद्योग संगठन मोरङले जेठ १० र ११ गते विराटनगरमा सीप उत्सव महोत्सव गर्ने भएको हो ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी सीप उत्सवको माध्यमबाट तालिम प्रदायक, उद्योग प्रतिष्ठानहरू, नेपाल सरकारका सरोकारवाला पक्षहरू र प्रशिक्षार्थीहरू बीचको समन्वयलाई थप प्रगाढ बनाई आगामी दिनमा आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्ने रोजगारका अवसरको सुनिश्चितताका गर्नका लागि सीप उत्सव आयोजनाको तयारी गरिएको बताएको छ ।
निजी क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श करियर काउन्सेलिग र अनुभव साटासाट गर्ने अभिप्रायका सीप उत्सव आयोजना गरिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।
सीप उत्सवमा पूर्व वाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा प्रत्यक्ष तालिमका साथै एक हजारभन्दा बढी विद्यार्थी युवाहरूको करियर काउन्सेलिङ सत्रहरू आयोजना गरिने आयोजकको भनाई छ । उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङतर्फका विद्यार्थीहरू, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, प्राविधिक शिक्षालयहरू, सूचना प्रविधि, हस्पिटेलिटी, अटोमोवाईलका क्षेत्रहरू सहभागी हुने अध्यक्ष सुरानाले बताए । उद्योग संगठन मोरङले यो उत्सवलाई सीप उत्सवको रूपमा पहिलो पटक आयोजना गर्न लागिएको दाबी गरेको छ ।

सम्बन्धित समाचार

तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...

एसी मिलान बराबरीमा रोकियो, इब्राहिमोविचले गरे दुई गोल

एजेन्सी, ११ कात्तिक-इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले रोमासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान रोमासँग ३–३ गोलको बराबरीमा रोकिएको हो । एसी...

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...

औषधी व्यवसायीको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरू, पहिलो दिन कोशी अस्पतालमा फलफूल वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने कार्यक्रमको सुरूवात बुधबारबाट...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

विराटनगर, ५ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट चार सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार दुई सय २६ पुगेको छ । प्रदेश...

विराटनगरका रंगपत्रकार प्रेम देवान सम्मानित

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले विगत लामो समयदेखी कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार एवंम चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष रहेका प्रेम देवान (लुङवा ) लाई सम्मान गरेको...

नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्