विराटनगरमा दलित महिलाका लागि सिपमूलक गुडिया बनाउने तालिम सुरु

 न्यूज विराट
विराटनगरमा दलित महिलाका लागि सिपमूलक गुडिया बनाउने तालिम सुरु

विराटनगर । दलित महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगर महानगरपालिका ८ नम्बर वडामा सिपमूलक गुडिया बनाउने तालिम सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यस तालिमले स्थानीय दलित महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

विराटनगर महानगरपालिका ८ नम्बर वडाको आयोजना र समृद्ध समाज नेपालको संयोजनमा तथा दलित महिला संघको सहकार्यमा आयोजना गरिएको यस तालिमको औपचारिक उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सिपमूलक तालिमहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरिन् ।


कार्यक्रममा बोल्दै समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरूको आवश्यकता रहेको बताइन् । उनले समृद्ध समाजले विराटनगरमा यस किसिमका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिइन् । उनले यस्ता कार्यक्रमहरूले समुदायका महिलाहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।


तालिम कार्यक्रममा विराटनगर ८ नम्बर वडाका वडाध्यक्ष राम पोखरेलसहित वडा सदस्यहरू महम्मद अब्बास, भुवन राजवंशी ,ताराकुमारी राय र पवित्रा विकको उपस्थिति रहेको थियो । साथै दलित महिला संघकी अध्यक्ष सर्मिला परियारलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
तालिमका लागि विराटनगर ८ नम्बर वडाका २५ जना दलित महिलाहरूले सहभागिता जनाएका छन् । उनीहरूलाई गुडिया बनाउने विभिन्न प्राविधिक सीपहरू प्रदान गरिने छ। तालिमकी मुख्य प्रशिक्षक अनु श्रेष्ठ रहेकी छिन्, जसले सहभागीहरूलाई व्यावहारिक ज्ञान र सीप हस्तान्तरण गर्नेछिन् ।
बसन्ती गुरुङको सञ्चालनमा भएको कार्यक्रमको सभापतित्व समृद्ध समाज नेपालकी अध्यक्ष कला डागीले गरेकी थिइन् । कार्यक्रममा सहभागीहरूले तालिमप्रति उत्साह व्यक्त गर्दै यसले आफूहरूको आर्थिक अवस्था सुधार गर्न सहायक हुने आशा व्यक्त गरे।
यस तालिमले दलित महिलाहरूमा उद्यमशीलताको विकास गर्दै उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ । गुडिया निर्माणको सीप सिकेपछि महिलाहरूले घरमै बसेर आय आर्जन गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले (सम्बोधनको पूर्णपाठ)

प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...

आज ७१३५ जना कोरोनामुक्त

काठमाडौं, जेठ १०-देशभर आज ७ हजार १३५ संक्रमित निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख २० हजार ४६१ जनालाई संक्रमण...

गलवान झडपपछि पहिलो पटक भारत र चिनियाँ सैनिक अधिकारीबीच वार्ता

एजेन्सी, असार ८-लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि पहिलो पटक भारत र चिनियाँ उच्च अधिकारीबीच वार्ता हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारत र चीनका बीच सोमबार माल्डोमा कमाण्डर लेभलमा वार्ता हुन लागेको हो...

रुकुम हत्याकाण्डका दोषिलाई कडा कारबाही गर्न माग

विराटनगर, जेठ १५– कोभिड–१९ विरुद्ध राष्ट्रिय अभियानले रुुकुम पश्चिम चौरजहारी हत्या काण्डको छाविन गरि दोषि उपर कडा कानुनी कारवाही गर्न माग गरेको छ । अभियानमा आवद्ध अढाई दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा ११ सुत्रिय मागसहितको...

प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा

प्रदेश १ को प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ । ९ फागुनमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले भोलि २० फागुनमा बैठक बस्ने गरी मिति ताेकेका थिए ।  तर, राजनीतिक सहमतिका लागि भन्दै यसअघि ताेकिएकाे बैठक सारेर...

पारस खड्कालाई कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोरोना पुष्टिपछि अहिले उनी होमआइसोलेसनमा बसेका छन् । कोरोनाका...

इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा...

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्