परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला

 न्यूज विराट
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला

विराटनगर । त्रभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी) विराटनगर महानगर समितिले विभिन्न माग राखेर तालाबन्दी गरेको छ । परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो ।
विद्यार्थी संगठनका महानगर अध्यक्ष प्रितम साहका अनुसार, कोशी र मधेश प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बिबिएस कार्यक्रमका विद्यार्थीहरूको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र झापा जिल्लास्थित दमक बहुमुखी क्याम्पसमा तोकिएको छ । परीक्षा नियन्त्रक कार्यालयको निर्णयका कारण विद्यार्थीहरूलाई लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको र त्यसप्रति परीक्षा नियन्त्रक कार्यालयले बेवास्ता गरेको भन्दै संगठनले विरोध स्वरुप तालाबन्दी गरेको नेकपा (माओवादी केन्द्र) विराटनगरका विद्यार्थीका इन्चार्ज शशी यादवले बताए । परीक्षा नियन्त्रक गोविन्द गुरागाईं लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नरहेको आरोप पनि उनीहरूले लगाएका छन् ।
अखिल (क्रान्तिकारी)ले तत्काल परीक्षा केन्द्र नजिकका क्याम्पसहरूमा सार्न माग गर्दै आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।
यता परीक्षा सह–नियन्त्रक पक्षको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

सम्बन्धित समाचार

नेकपाभित्रको विवादबारे मुख खोले महराले

काठमाडौं, १७ वैशाख-पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादबारे पहिलोपटक मुख खोलेका छन् ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा मौन रहँदै आएका महराले विज्ञप्ति जारी गरेर दलहरुबीच आन्तरिक एकता कायम गरी संवाद, सहमति...

भारतीय सञ्चारमाध्यममा ‘ग्रेटर नेपाल’, भन्छ–सुगौली सन्धिमा नक्सा टुंगो लागेको थिएन

एजेन्सी, जेठ २२-नेपाल र भारतबीच पछिल्लो समयमा सीमा विवाद उत्कर्षमा छ । दक्षिण एसियामा भारत एकैपकट नेपाल, पाकिस्तान र चीनसँग सीमा विवादमा अल्झिएको छ भने बंगलादेशसँग सीमा विवाद पुरानै समस्या हो । यस्तो अवस्थामा भारतका...

लेखा समितिमा सांसदहरूले भने : स्वास्थ्यमन्त्री र सल्लाहकारको भूमिका शंकास्पद

काठमाडौं, ८ असार-कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या...

प्रभुु क्यापिटलको ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो । सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी...

महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला...

प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको...

भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्। बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्