सगरमाथा स्कुलमा नयाँ विद्यार्थीहरूको स्वागत तथा नयाँ मनिटर चयन
मङ्गलबार, ०७ जेठ, २०८२,
न्यूज विराट
विराटनगर । विराटनगर– ११ स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलले एक विशेष समारोहको आयोजना गरी नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै नवनियुक्त कक्षा मनिटर तथा सहायक मनिटरहरुलाई औपचारिक रुपमा ब्याज प्रदान गरिएको छ । प्ले ग्रुपदेखि कक्षा ९ सम्म यस शैक्षिक सत्र २०८२ मा ३०० भन्दा बढी नयाँ विद्यार्थीहरु भर्ना भएका छन् । विद्यालयका पुराना विद्यार्थी तथा सगरमाथा बाल क्लबले संयुक्त रूपमा नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयको परिवेश र नियमहरुबारे जानकारी गराएको छ । ‘‘हामी हरेक शैक्षिक सत्रको सुरुवातमा नयाँ विद्यार्थीहरुलाई विद्यालय परिवारमा घुलमिल गराउन यस्तो कार्यक्रमको आयोजना गर्छौं,’ ‘यसले उनीहरुलाई नयाँ वातावरणमा सहज महसुस गर्न मद्दत गर्छ ,’ विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले भने ।
समारोहमा विद्यालयका भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले जानकारी दिए अनुसार कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुमध्येबाट ९६ जनालाई कक्षा मनिटर र सहायक मनिटरको रुपमा छनौट गरिएको छ । ‘विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले हामीले यो प्रणाली अपनाएका छौं,’ दवाडीले भने । छनौट प्रक्रियामा विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन, सामाजिक सीपहरु र शिक्षकहरुको सिफारिसलाई आधार बनाईएको थियो । नवनियुक्त मनिटरहरुलाई विद्यालयका भाइसप्रिन्सिपल तथा शिक्षकहरुले ब्याज प्रदान गर्नु भयो । नयाँ चयन भएका मिनटहरुले आफ्नो नयाँ जिम्मेवारीप्रति उत्साहित रहेको बताए । उनीहरुले विद्यालय प्रशासन र विद्यार्थीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन् ।
बिराटनगर – ११ पाञ्चालीमा अवस्थित सगरमाथा स्कुलले विगत २५ वर्षदेखि विराटनगरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले शैक्षिक उत्कृष्टताका साथै, असल संस्कार, अनुशासन, पारिवारिक र सामाजिक जिम्मेवारीको बोध, नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापहरु लगायतमा विशेष जोड दिँदै आएको छ । ‘हाम्रो लक्ष्य केवल राम्रो अंक ल्याउने विद्यार्थी मात्र होइन, बरु सक्षम र जिम्मेवार नागरिक तयार पार्नु हो, त्यसैले हामी शैक्षिक गतिविधिसँगै विद्यार्थीहरुमा नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्व जस्ता गुणहरु विकास गर्न प्रयासरत छौं,‘ विद्यालयका प्रिन्सिपल गौतमले भने ।
विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण...
विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...
दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको...
काठमाडौं, १५ वैशाख-काठमाडौं माहानगरपालिकाले लकडाउनको अवधिमा आफ्नो सक्रियता बढाएको छ । लकडाउन अवधिमा कतिपय विकास निर्माणका कामदेखि महानगरको सरसफाई र राहात वितरणमा सक्रियता बढाइएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले बताए । महानगरप्रमुख शाक्यले ४५ औँ...
काठमाडौं, २३ असार-समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ । नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको...
विराटनगर,५ असोज : कुष्ठ रोग श्राप र पुरानो कर्मबाट नभई किटाणुबाट लाग्ने भएकोले यसको उपचारबाट निको हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । शरीरको छालामा देखा परेको दाग र गिर्खालाई चलाउँदा नचिलाउँने र थाहा नपाउने भएमा कुष्ठ...
काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई...