सत्ता गठबन्धनमा कुनै खटपट छैन : गृहमन्त्री लेखक

 न्यूज विराट
सत्ता गठबन्धनमा कुनै खटपट छैन  : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनमा कुनै खटपट नरहेको स्पष्ट पारेका छन् । आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो गठबन्धन सहमतिको आधारमा बनेको भन्दै पाँच वर्षको पूर्ण कार्यकाल सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे ।
‘एमाले र काँग्रेसबीचको सहमतिले बनेको यो सरकार मुलुकमा व्याप्त निराशालाई चिर्दै आशाको किरण दिन गठित भएको हो,’ मन्त्री लेखकले भने, ‘गठबन्धनमा अहिले सम्म कुनै समस्या देखिएको छैन ।’
गृहमन्त्री लेखकले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि कुनै पनि प्रकारको प्रहार स्वीकार्य नहुने पनि प्रस्ट पारे । उनले संघीयता, ‘लोकतन्त्र र गणतन्त्रका लागि नेपाली जनताले दिएको ठूलो त्याग र बलिदानलाई सम्झाउँदै वर्तमान व्यवस्थालाई उल्ट्याउने कोसिस सह्य नहुने बताए ।
‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातर्फ लैजाने कुनै प्रयास हामी सहन सक्दैनौं,’ उनले भने, ‘अब देश फेरि निरंकुशतातिर फर्किने चाहना जनतामा छैन ।’

सम्बन्धित समाचार

पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम, गर्भवतीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा तीन तहको सरकारले लगानी गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।विराटनगरमा रहेको मिल्स गोल्डकप फुटबल ट्रस्टको शनिबार भएको तेस्रो साधारण सभामा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख...

न्यूरो अस्पताल र विराटमा मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

विराटनगर, २४ भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् । कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

नोवेलमा बालबालिकाको कार्डियोलोजी सेवा सुरु, ५ वर्षीय बालकको शल्यक्रिया नगरी उपचार

विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादवको नेतृत्वमा कार्डियोलोजि सेवा सुरु भएको हो । केही...

नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र...

संखुवासभामा कैदी मृत्यु प्रकरणको प्रतिवेदन सार्वजानिक , सुरक्षाकर्मीको चरम यातनाबाट दुई जना कैदीको मृत्यु

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका – १ स्थित जिल्ला कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै चरम यातना दिएपछि मृत्यु भएको अनुगमन टोलीले दावीसहितको स्थलगत अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ । साउन २४ गते विहान...

भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

सिरहा, ५ वैशाख-भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका ६ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ६ जनालाई पक्राउ गरी क्वाइरेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्