विराटनगर । विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन प्रालि ले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिलगर्दै क्याम्ब्रिज अन्तर्राष्ट्रिय विद्यालयको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ । क्याम्ब्रिज इन्टरनेशनलले २०२५ अप्रिल ३० मा कृतिका फाउण्डेशनलाई प्रमाणपत्र प्रदान गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विद्यालयको रूपमा दर्ता गरेको हो । यससँगै विद्यालयले अब कक्षा १ देखि १० सम्म क्याम्ब्रिज करिकुलम अनुसार पठनपाठन गराउने अधिकार प्राप्त गरेको छ । साथै, प्लस टु तहमा ए लेभल क्याम्ब्रिजको नै पढाइ सञ्चालन गरिने छ । यसअघि विराटनगरका विद्यार्थीहरूलाई ए लेभल परीक्षा दिन राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । अब भने कृतिका फाउण्डेशनमा नै ए लेभलको परीक्षा दिन सकिने व्यवस्था मिलाइएको छ । यससँगै विराटनगरमै बसेर विद्यार्थीहरूले विश्वव्यापी मान्यता प्राप्त शिक्षा हासिल गर्न सक्ने छन । शैक्षिक गुणस्तर, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित शिक्षण विधिमा निरन्तर सुधार र नवप्रवर्तन गर्दै आएको कृतिका फाउण्डेशनको यो उपलब्धिलाई विराटनगर क्षेत्रको शैक्षिक उन्नतिमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ । फाउण्डेशनकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी गोल्छाका अनुसार, “क्याम्ब्रिज प्रमाणपत्र विद्यालयका लागि ठूलो उपलब्धि मात्र होइन, यसले यहाँ अध्ययनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसरसमेत प्रदान गरेको छ ।” उनले थपिन्, “कडा मापदण्ड पूरा गरेपछि मात्र प्राप्त हुने यो मान्यताले कृतिका फाउण्डेशनको पारदर्शिता, दक्षता र समर्पणलाई पुष्टि गरेको छ ।” फाउण्डेशनको यस सफलताले विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा उत्साह थपेको छ । विराटनगरमै बसेर ए लेभल सहितको क्याम्ब्रिज शिक्षामा सहभागी हुन पाउने अवसरले अभिभावक र विद्यार्थीहरूलाई सजिलो र सुलभ शैक्षिक वातावरणको अनुभूति गराएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान दिँदै आएको कृतिका फाउण्डेशनले प्राप्त अन्तर्राष्ट्रिय मान्यतालाई अझ जिम्मेवारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । कृतिका फाउण्डेशनको क्याम्ब्रिज इन्टरनेशनलसंगको आबद्धताले विराटनगरको शैक्षिक इतिहासमा एक नयाँ अध्याय सुरु गरेको छ ।
काठमाडौं, ११ वैशाख-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ७ लाख १७ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी जर्मनीमा छन् । त्यहाँ १ लाख...
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...
काठमाडौं, १५ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १०...
एजेन्सी, ७ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेकाे छ । गएराति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा...
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब पुगेको छ । उपाधिको लागि आज दिउँसो वाइआरसीसी र पटनाबीच भिड्दैछ । हिजो शुक्रबार...
छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज...
विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।प्रतियोगिताको...
काठमाडौं, ५ बैशाख-शुक्रबार ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको सारजहाबाट एयर अरेबियाको कार्गो विमान काठमाडौं आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । एयरबस ३२० कार्गो विमान...