कक्षा १२ को परीक्षा आइतबारदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

 न्यूज विराट
कक्षा १२ को परीक्षा आइतबारदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ — देशभरका परीक्षा केन्द्रमा आइतबार देखि कक्षा १२ को परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी परीक्षा दिइरहेका छन्।

तीमध्ये ३ लाख ९५ हजार ९ सय ८ जना नियमित र १ लाख १५ हजार ६ सय १७ जना आंशिक परीक्षार्थी छन्। परीक्षा ५ हजार २ सय २ विद्यालयका विद्यार्थीले दिइरहेका छन्, जसका लागि देशभर १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ।

जापानस्थित एभरेस्ट स्कुलका ३८ विद्यार्थीले त्यहींबाट परीक्षा दिइरहेका छन् भने ७७ वटै जिल्लाबाट सहभागीता रहेको छ। सबैभन्दा धेरै विद्यार्थी काठमाडौंबाट ६८ हजार १ सय ३३ जना सहभागी छन् भने सबैभन्दा कम मनाङबाट ४५ जना छन्।

काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ परीक्षा केन्द्र तोकिएका छन्, जब कि मनाङ र मुस्ताङमा एक(एक केन्द्र मात्र छन्।

परीक्षा सञ्चालनमा ४८ हजार २ सय ९ जना जनशक्ति खटिएका छन्। शिक्षक आन्दोलनका कारण परीक्षा १० दिन ढिलाइ भएर सुरु भएको हो।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ।

प्रदेशगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ जना छन्।

परीक्षामा अनियमितता रोक्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अरूलाई मोबाइल फोन लैजान निषेध गरिएको छ।

प्रश्नपत्र विद्युतीय माध्यमबाट परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघिमात्र केन्द्रमा डाउनलोड गरिनेछ।

यस्तै, शिक्षक आन्दोलनका कारण रोकिएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको बोर्डले जनाएको छ। परीक्षणमा ढिलाइ भएकाले असार पहिलो साता सार्वजनिक गर्ने भनिएको नतिजा केही दिन ढिलो हुने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

ग्रडेड स्कुलमा फुड फिस्टा

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड स्कुलमा एक दिने फुड फिस्टा आयोजना गरेको छ । बिद्यालय परिसरमा उक्त फुट फिस्टा आयोजना गरेको हो । कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुलाइ...

विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने, १८ मोडल ¥याम्पमा उत्रिने

विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्ने भएको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन...

२४ घण्टामा १३५१ संक्रमित थपिए, ७४२ डिस्चार्ज

काठमाडौं, १२ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

लक डाउन उल्लंघन गर्ने २ सय ३४ सवारी मोरङ प्रहरीको नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...

मेयर शाक्य भन्छन् : काठमाडौंं सुरक्षित छ

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदको अनुगमन गरेका छन् । पछिल्लो समय संक्रमणको उच्च जोखिममा मस्जित रहेको जनाउँदै प्रमुख शाक्यले काठमाडौंभित्रका मस्जिदको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी,...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ वैशाख -नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा रुपन्देहीका...

मोरङको बेलबारीमा श्रीमतिको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको मंगलबा राती १ : ४५ बजे...

२५ भन्दा बढी स्वादको चिया पाइने ‘चिया वालाज्’ क्याफे विराटनगरमा

विराटनगर । चिया पारखीहरूको लागि विराटनगरमा २५ बढी स्वादमा चिया पस्किने चिया वालाज् फेमिली क्याफे सञ्चालनमा आएको छ । नयाँ अवधारणका साथ विराटनगर ९ भानु टोलको कलेज रोडमा क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा साधारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्