विराटनगरमा गायक दुर्गेस थापाको पहिलोपटक प्रस्तुति, २६ वैशाखको लागि तयारी तिव्र

 न्यूज विराट
विराटनगरमा गायक दुर्गेस थापाको पहिलोपटक प्रस्तुति, २६ वैशाखको लागि तयारी तिव्र

विराटनगर । चर्चित गायक दुर्गेश थापा पहिलोपटक विराटनगरमा प्रत्यक्ष साँगीतिक प्रस्तुति दिन तयारीमा छन्। नयाँ वर्ष २०८२ को अवसरमा आगामी वैशाख २६ गते, विराटनगर–८ स्थित हाटखोला मैदानमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ नामक भव्य साँगीतिक कार्यक्रम आयोजना हुने भएको हो।

लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने कार्यक्रममा दुर्गेश थापासँगै अन्य कलाकार, डान्स क्लब र फेसन शो समेत प्रस्तुत गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

कार्यक्रमका संयोजक सन्तोष महतका अनुसार कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुनेछ। दुर्गेश थापाका ‘दुस्मन हेरेको हेर्‍यै’, ‘बीच्च बीच्चमा’, ‘ख्यास्स पुतली’, ‘डन आयो डन’ जस्ता चर्चित गीतहरू कार्यक्रमको मुख्य आकर्षण हुनेछन्।
महतले कार्यक्रमलाई मनोरञ्जनमूलक मात्र नभई सामाजिक उद्देश्यसहित आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रमबाट बचेको रकम विपन्न परिवार र अपाङ्ग व्यक्तिहरूलाई सहयोग गरिनेछ।

कार्यक्रमका व्यवस्थापक कुमुद जैनले दर्शकका लागि तीन प्रकारका टिकटको व्यवस्था गरिएको जानकारी दिए। साँगीतिक कार्यक्रममा थप आकर्षणका रूपमा स्थानीय खाना परिकारका स्टलहरू पनि रहने छन्। आयोजकका अनुसार कार्यक्रम आयोजना गर्न करिब १३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।
विराटनगरवासीका लागि नयाँ वर्षको सुरुवातमा मनोरञ्जन र सामाजिक उत्तरदायित्व जोडिएको कार्यक्रमका रूपमा ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ एक विशेष अवसर हुने आयोजकले विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

फार्मास्यूटिकल एसोसिएसन कोशीले मनायो विश्व फार्मेसी दिवस, फर्मासिस्टको दरबन्दी बढाउन माग

विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस...

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

पहिरो खस्दा पर्वत-बागलुङ खण्ड अवरुद्ध

पर्वत, ६ असार-गए रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको...

नेपा : सहकारीको रजत जयन्तीमा निःशुल्क आँखा शिविर, ७७ जनाले गराए परीक्षण

विराटनगर । नेपा : बहुउद्देश्य सहकारी संस्थाले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । सहकारीको रजत वार्षिकोत्सवको अवसर पारेर विराटनगर १० स्थित झी पुचः भवनमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको हो । दिव्यज्योति...

प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

विराटनगर, जेठ ७–प्रदेश १ बाट बुधबार थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते...

सौन्दर्य कला ब्यवसायी संघ विराटनगरमा गठन, अध्यक्षमा जुली प्याकुरेल

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...

लामो दूरीका यातायात र हवाई उडान १५ भदौसम्म नखोल्ने सरकारको निर्णय

काठमाडौं, २६ साउन-सरकारले लामो दूरीको सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः १५ भदौसम्म रोक लगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै यस्तो...

मोरङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्