एमएम कप क्रिकेटमा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश
सोमबार, १५ बैशाख, २०८२,
न्यूज विराट
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समुह ए अन्तरगतको अन्तिम लिग खेलमा आर्मीले वागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पार्दै आर्मीले फाइनलको यात्रा गरेको हो । पहिलो खेलमा एपिएफलाई ३ विकेटले पराजित गरेको थियो । जितसँगै आमीले ४ अंक जोडेको छ भने एपिएफले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंककासाथ दोस्रो स्थानमा र वागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै अंक विहिन भयो ।
आइतबार राती वर्षा भए पछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेको वागमतीले २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ९६ रनको सामान्य योगफल खडा गरेको थियो । वागमतीका कप्तान सिचिन लेखकले २४ रन बनाउँदा प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन ुकेनन् । आर्मीका प्लेयर अफ म्याच नरेन राउदले ६ ओभरमा २७ रन दिएर ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ विकेट लिए ।
जवाफमा ९७ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ३ बलमा ५ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । आर्मीको जितमा निश्चल क्षेत्रीले ४६ रनको योगदान दिँदा हिमाञ्सु दत्तले १८ रनको योगदान दिए । वागमतीका दयानन्द मण्डलले २ विकेट लिँदा तिलकराज भण्डारी र आदिल खानले १–१ विकेट दिए ।
मंगलबार समुह वि को हिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
काठमाडौं, १३ चैत-सरकारले आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय लिएको छ । शनिबार प्रधारमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले मे १५ सम्मको लागि उडान...
विराटननगर, ३० भदौ । नेकपा (एमाले) मोरङको बुधबार बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा पुनः ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण...
विराटनगर । नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगरले नयाँ घर निमार्ण गर्नेलाइ काठ दिने भएको छ ।नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगर अन्तर्गत विक्री डिपो विराटनगरबाट नयाँ घर र पुरानो घर निमार्ण गर्नेलाई...
सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...
एजेन्सी, साउन ५-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी २ दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको त्यहाँका...
खोटाङ । नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी...
विराटनगर, २ असोज । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेका छन् । शुक्रबार राति विराटनगरस्थित बि एफएम नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश...
विराटनगर । फरार भएको एक जना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएको भनिएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद...