विराटनगर । नेपाल औषधि व्यवसायी संघ (NCDA) मोरङ शाखाले औषधि व्यवसायमा गहिरो संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गर्दै एक विज्ञप्ति जारी गरेको छ।
संघले औषधि व्यवसायको ५२ वर्षे इतिहासलाई स्मरण गर्दै, अहिलेको आर्थिक मन्दी, तरलता र अन्य संकटका कारण औषधि व्यवसाय नै संकटमा परेको जनाएको छ।
संघका अध्यक्ष देशबन्धु ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “औषधिको व्यवसाय संकटोन्मुख अवस्थामा छ, यसको समाधान सबै पक्षले एक भएर मात्र सम्भव छ।” संघले केन्द्रले जारी गरेको क्षतिपूर्ति नियमावली अक्षरशः पालन गर्नुपर्ने र प्रदेश तहमा पारित निर्णयहरु — जस्तै PDC चेकको प्रयोग नगर्ने, NOC को पूर्ण कार्यान्वयन गर्ने—आफ्नो ठोस मागको रुपमा प्रस्तुत गरेको छ। त्यस्तै, संघले निर्यातकर्ता तथा उत्पादकहरुलाई प्रत्येक व्यवसायीलाई आधिकारिक प्रमाणपत्र तत्काल उपलब्ध गराउन अपिल गर्दै, हाल संशोधन प्रक्रियामा रहेको औषधि ऐनलाई व्यावसायिक हितमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गरेको छ।
स्वास्थ्य बीमाको पहुँच सर्वसाधारणका लागि सहज भए पनि औषधि व्यवसायीहरु त्यो सेवाबाट बञ्चित भएको भन्दै संघले गुनासो गरेको छ। अस्पताल फार्मेसीबाहेकका व्यवसायीहरुले बीमाका औषधि विक्री गर्न नपाउनु र रिजर्भ एन्टिबायोटिकहरू अस्पताल फार्मेसीमा मात्र सीमित गर्नुजस्ता नीतिहरु व्यवसायीका लागि प्रतिकूल रहेको जनाइएको छ। संघले सरकारको नीति विरोधाभासपूर्ण रहेको भन्दै एकातर्फ चिकित्सकले लेखेका आयातित फुड सप्लिमेन्ट फार्मेसीमा राखेर बिक्री गर्दा अर्को निकायले जफत गर्नु उचित नभएको उल्लेख गरेको छ।
त्यस्तै, संघमा दर्ता नभएका व्यवसायीहरुले संघको लोगो प्रयोग गर्नु गैरकानुनी भएको भन्दै अनुगमनलाई संघसँग नजोड्न अनुरोध गरिएको छ। अन्त्यमा, अस्पताल फार्मेसीमा आपूर्ति गरिने औषधिहरु सम्बन्धित जिल्लाका थोक व्यवसायीलाई जानकारी दिएर मात्र आपूर्ति गरिनुपर्ने र त्यसमा आइएनएस छाप अनिवार्य लगाउनुपर्ने माग पनि उठाइएको छ। नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले प्रस्तुत यी मागहरु तत्काल सम्बोधन नगरे औषधि व्यवसायीहरु पलायन हुने अवस्था निम्तिने चेतावनी दिएको छ।
काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...
सुनसरी, १६ असार-सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले सोमबार आत्महत्या...
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् । पूर्वाञ्चल वाल सेवा आश्रममा शैक्षिक सामाग्री एवंफलफूल वितरण...
एजेन्सी, साउन ३०-भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गृहमन्त्री शाहले शुक्रबार ट्विट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘आज मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ...
एजेन्सी, १४ माघ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...
खोटाङ, ४ वैशाख-बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट ३ दिन लगाएर गाउँ आइपुगेका उनीहरूलाई वडा नम्बर–४, फाक्टाङस्थित बालकन्या मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरूलाई काठमाडौँबाट घर...
काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...
काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...