विद्युत प्राधिकरणको लापरवाहीले चार जनाको मृत्यु

 न्यूज विराट
विद्युत प्राधिकरणको लापरवाहीले चार जनाको मृत्यु

विराटनगर । ताप्लेजुङमा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण चार जनाको ज्यान गएको छ । सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चालकसहित तीन यात्रुको मृत्यु भएको हो ।

सोमबार बिहान पाथीभरातर्फ जाँदै गरेको मे १ ज ३०११ नम्बरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएपछि आगलागी र दुर्घटना भएको थियो । दुर्घटनामा चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई, यात्रुहरू ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले बताए ।
यस घटनामा ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य गम्भीर घाइते भएकी छिन् भने उनको १० वर्षीय छोरा भबिमय आचार्य पनि घाइते छन् । घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेश प्रसाद चौधरीले गएरातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको दाबी गरेका छन् । ‘चट्याङले हुनसक्छ, तारको पिन फुटाएको रहेछ,’ उनले भने, ‘हामीले पहिल्यै थाहा पाएनौं । बिहानै यस्तो दुर्घटना भयो ।’
नेपाल विद्युत प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले भने घटनालाई ‘दुर्घटना’ भन्दै प्राधिकरणको यसमा कुनै दोष नरहेको दाबी गरेका छन् । उनले घटनाका लागि प्राकृतिक कारणलाई जिम्मेवार ठह¥याए ।

सम्बन्धित समाचार

लुम्बिनीको पर्यटन विकासका लागि बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन 

काठमाडौं,  २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ ।  लुम्बिनी तथा बुद्घ र...

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा वडाध्यक्षसँग पराजीत भए प्रदेश सांसद

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर–४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहनुभएका पूर्वमन्त्री...

प्रदेश १ मा १५ हजार ९ सयले गरे गर्भपतन

विराटनगर । प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा...

शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५९ जना...

कोशी अस्पतालको स्त्री विभागमा ल्याब्रोसकोपी सर्जरी सुरू

विराटनगर । विराटनगरस्थित कोशी अस्पपतालको स्त्री तथा प्रसूती विभागमा ‘ल्याब्रोसकोपी’ सर्जरी सेवा सुरु भएको छ ।मोरङको २२ वर्षीय एक जना किशोरीको अन्डासयमा भएको सिस्टको ल्याब्रोसकोपी प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूती विभागमा पहिलो पटक...

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) की दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'यसले सबै देशलाई निगरानी बढाउन,...

कोशी अस्पतालका अध्यक्षद्धारा संचारकर्मी दासमाथि दुर्व्यवहार

विराटनगर । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरर्वड सिलवालले रिर्पोटिङमा गएका संचारकर्मी सोनुकुमार दासलाई दुर्व्यवहार गरेका छन् ।सिलवालले आज साझमा अस्पताल परिसर भित्र संचारकर्मी दासलाई दुर्व्यवहार गरेका हुन् । विराटनगर – ६ घर भएकी...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्