रोटरीको लोगो भएको जुटको झोला वितरण

 न्यूज विराट
रोटरीको लोगो भएको जुटको झोला वितरण

विराटनगर । प्लास्टिक झोलालाई होइन भनौ अभियान अन्तर्गत जुटबाट निर्मित झोला वितरण गरिएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आदर्श विद्यालयमा आयोजना गरेको तीन महिने सिलाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई २० वटा वातावरणमैत्री जूटका झोला वितरण गरिएको हो ।

त्यस्तै गत १७ अप्रिलमा बुद्धनगर गाउँका महिलाहरूलाई ६० वटा झोला वितरण गरिएको छ । झोलामा एकातिर रोटरी क्लब अफ विराटनगर डाउनटाउनको लोगो र अर्कोतिर “प्लास्टिक झोलालाई होइन भनौँ” भन्ने शब्द लेखिएको थियो । जम्मा ८० जनालाई सो झोला वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

जूटका झोला वितरण प्लास्टिकजन्य फोहर घटाउनमा मद्दत पुग्ने क्लबले विश्वास लिएको छ । झोला वितरण कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र...

विराटनगरको विरोधसभामा प्रचण्डले भने ‘प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्’

विराटनगर, १६ माघ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट बनेको आरोप लगाएका छन् । प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई...

विराटनगरको त्रिमुर्ती चोकमा खुल्ला व्यायामशाला सञ्चालन, मेयर पराजुलीले गरे उद्घाटन्

विराटनगर, २२ फागुन ‘व्यायाम गरौ, रोग भगाऔं’ नाराका विराटनगर महानगरपालिकाका–५ स्थित त्रिमूर्ति चोकमा आजदेखि खुल्ला व्यायाम सञ्चालनमा आएको छ । महानगरपालिका र लायन्स क्लव शुभमको रु सात लाख ५० हजार रुपैयाँको लगानीमा स्थापित उक्त्त व्यायामशालाको...

हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर...

तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका...

पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथ र सहयोग आवश्यक : नाट्ट अध्यक्ष भट्टराई

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्षमा पुण्य प्रसाद भट्टराईले पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथसहयोगको खाँचो रहेको बताएका छन् । झापाको दमकमा सुरु भएको दशौं दमक फुट फेस्टिबलको उद्घाटन...

विद्यालयले नैतिक शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिएर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्