एमाले विराटनगर कमिटी दोस्रो अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न

 न्यूज विराट
एमाले विराटनगर कमिटी दोस्रो अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न

विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ।

वैशाख २ र ३ गते विराटनगर स्थित एमाले प्रदेश पार्टी कार्यालयमा सम्पन्न हुने दोस्रो अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भएको हो।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय कमिटीको बैठकको निर्णय अनुसार चैत २८ गते महानगरको १९ वटै वडाबाट र आज जनसंगठनबाट आउने प्रतिनिधिहरुको छनोट सम्पन्न भएको महानगर कमिटीका प्रवक्ता एवम् प्रचार उपसमिति संयोजक राम पोखरेलले बताए। पोखरेलका अनुसार महानगर अधिवेशनका लागि महानगर १९ वटै वडाबाट २२० जना प्रतिनिधि छनोट भएका छन्।

भूगोलबाट प्रतिनिधि छनोट भएका २२० जना मध्ये खुला क्षेत्र बाट ११५ जना , महिला ६८ जना र युवाबाट ३७ जनाको सहभागिता रहने छ। त्यस्तै , महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएको पोखरेलले जानकारी दिए।

पोखरेलले क्रियाशील जनसंगठन मध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ , नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट ) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरेको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णय बमोजिम प्रतिनिधि चयन समेत बताए।

महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २२० जना , जनसंगठनबाट ७९ र १५ जना मनोनित गरेर अधिवेशनमा ३१४ जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिए। कोइरालाले १५ जना प्रतिनिधि मनोनयन गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायका व्यक्तिहरुलाई प्राथिमिकता दिने बताए।

एमाले कोशी प्रदेश कमिटी सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने बताए। बस्नेतले वैशाख २ गते विराटनगरको रोडशेष क्षेत्रबाट विभिन्न जातीय संस्कृति झल्किने झाँकी सहित र्यालीको आयोजना समेत गरिने बताए।

चैत २२ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकले अधिवेशन सम्पन्न अध्यक्ष रोहित कोइरालाको नेतृत्वमा सबै वडाको वडा अध्यक्ष तथा सचिवको सहभागिता रहने २५१ मुल व्यवस्थापन समिति तथा थप ९ वटा उपसमिति बनाईसकेको छ।

सम्बन्धित समाचार

औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् । २८ पुसमा भएको संघको दोस्रो...

माधवसहित १४ सांसदमाथि कार्वाही, पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा एमालेको पत्र (सूचीसहित)

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा...

विश्व वातावरण दिवसको अवसरमा ५ सय कागतीका बिरुवा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा ५०० कागतीका बिरुवा वितरण गरेको छ । क्लबले सहयोग गर्दै आएको बुध नगरस्थित शिव आधारभुत विद्यालय, आरसीसी जनता बाल विद्यालयमा सबै विद्यार्थीहरूलाई...

एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

काठमाडौं, भदौ १ । सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।...

लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...

कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।एक्स्पोको सम्पूर्ण...

एमाले विराटनगरको अधिवेशन, संस्थापनबाट उम्मेदवारी घोषणा

विराटनगर । विराटनगर महानगरमा नेकपा एमालेको दोस्रो अधिवेशन मंगलबार हुँदैछ । जसमा संस्थापन पक्षले उम्मेदवारहरूको घोषणा गरिसकेको छ। कोशी प्रदेश इन्चार्ज शेरधन राईद्वारा उद्घाटन हुने यस अधिवेशनका लागि हालका अध्यक्ष रोहित कोइरालाले आफ्नो समूहका उम्मेदवारहरूको...

नेपाल स्काउटको स्थापना दिवसमा पदक वितरण

विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्