
आज लकडाउनको ३३औँ दिन
काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । लकडाउनका...
विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसिले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सिराहाले दिएको १४१ रनको लक्ष्य वाइआरसिसिले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । वाइआरसिसिको उत्कृष्ट जितमा अमित श्रेष्ठको विस्फोटक ब्याटिङ महत्वपूर्ण रह्यो । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन बनाएर प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे ।
अमित यादवले पनि उत्कृष्ट प्रदर्शन गर्दै अविजित २९ बलमा २ छक्का र ३ चौकासहित ३७ रन बनाए । ओपनर अमिर शेखले ७ बलमा तीव्र गतिले २१ रन जोडे । दिलिप नथले अविजित ७ बलमा १६ रन र शुभ कंसाकारले १० बलमा १२ रन बनाए । सिराहाका कुस मन्डल र आनन्द कमाईतले टिमका लागि २–२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको सिराहाले १९.३ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो । सिराहाका लागि शैलेन्द्र साहले सर्वाधिक १७ बलमा २७ रन बनाए । चन्दन यादवले १२ बलमा १६ रन, राकेश कामतले १५ रन र फतेन सिद्दिकीले अविजित १२ बलमा १४ रनको योगदान दिए ।
वाइआरसिसिका बलरतर्फ विधान गोस्वामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राम नरेश गिरीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए र नरेन साउदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।
वाइआरसिसिको यो जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार हुने पहिलो सेमिफाइनलमा विराटनगरको होराइजन र हाइपर क्रिकेट क्लब पटनाबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार वाइआरसिसिले सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विरुद्ध दोस्रो सेमिफाइनल खेल्नेछ । प्रतियोगिताको विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार हात पार्ने मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठले दिएकी छिन् । चैत ३० गतेसम्म संचालन हुने यस प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । लकडाउनका...
काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...
काठमाडौं, २४ माघ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णय गरेसँगै चुनावी माहाेल तातेकाे छ । दलहरू निर्वाचनकाे तयारीमा हाेमिएका छन् । स्थानीय तहमा उम्मेदवार काे रहने भन्ने विषयले पनि सामाजिक सञ्जालमा चर्चा छाइरहेकाे...
विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना...
काठमाडौं, ६ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर गर्दा १ हजार ३ सय ५६ जनामा...
विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...
विराटनगर । पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि...
विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.