अर्किड स्कुलमा एसईई दिइएका विद्यार्थीहरुलाई भव्य विदाई

 न्यूज विराट
अर्किड स्कुलमा एसईई दिइएका विद्यार्थीहरुलाई भव्य विदाई

विराटनगर । विराटनगर १० स्थित अर्किड स्कुलले एसईई परीक्षा दिइसकेका ३९ जना विद्यार्थीहरुलाई आइतबार एक भव्य समारोहको आयोजना गरी विदाई गरेको छ।
स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठका अनुसार विराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्षभरि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अवार्ड तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा विदाई हुने विद्यार्थीहरुले वर्षभरिको आफ्नो शैक्षिक यात्राका तिता मिठा अनुभवहरू सुनाएका थिए। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुतिहरू पनि प्रस्तुत गरेका थिए, जसले उपस्थित शिक्षक शिक्षिका तथा विद्यार्थी साथीहरूलाई भरपुर मनोरञ्जन दिएको थियो।
विदाई समारोहमा स्कुलका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिँदै, अबको तीन महिनाको अवधिमा विभिन्न सीपमूलक कोर्सहरू अध्ययन गरेर आफूलाई अब्बल बनाउन आग्रह गरे। उनले विद्यार्थीहरूलाई माध्यमिक तहको भावी अध्ययनका लागि राम्रो कलेज रोज्न समेत सुझाव दिए।

कार्यक्रममा संस्थाका निर्देशक तथा पूर्व प्रिन्सिपल दीपेश बास्तोला, निर्देशक उमेश कार्की, भाइस प्रिन्सिपल पिके कामत र ओम यादवले पनि विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिएका थिए।
स्कुलका शिक्षक राकेश साहको सञ्चालनमा भएको यस समारोहमा स्कुलका शिक्षक शिक्षिका तथा एसईई परीक्षा दिएका सबै विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सांसद अपहरणको छानविन गर्न विपक्षी ४ दलको माग

काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...

रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न

विराटनगर, २३ माघ । मोरङको रंगेलीमा सन्थाल समुदायका महिलाहरु स्वरोजगार बन्ने भएका छन् । तराईको आदीवासी विपन्न सन्थाल समुदायका महिलाहरुलाई रंगेली नगरपालिकाले स्वरोजगार बनाउने भएको हो । उनीहरुलाई स्वरोजगार बनाउन रंगेली नगरपालिका, उद्यम विकास उपशाखाले...

कोशी प्रदेशस्तरीय अनुसन्धान गोष्ठी सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरू भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा आयोजित बैठकको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरे ।गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा...

ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष

विराटनगर, १७ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारलाई ब्ल्यांकेट र न्यानो कपडा वितरण गर्दै अंग्रेजी नयाँ वर्ष मनाएको छ । कठ्यांग्रीदो जाडोबाट बच्नको लागि विराटनगरस्थित खार्जीका स्थानीयलाई क्लबले ब्ल्यांकेट र न्यानोकपडा वितरण...

विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...

एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव

विराटनगर, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ । झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको  बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको मृत भेटिएका हुन्...

यातायात व्यवसायीका समस्या समाधान गर्न तत्काल राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, १ साउन-यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । आज बिहान प्रचण्ड निपास खुमलटारमा भएको भेटमा व्यवसायीले कोभिड-१९ पश्चात...

लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाउँछु : इन्सपेक्टर वेल्वासे

विराटनगर । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप वेल्वासेले भारतसँगको खुला सीमाका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनिरहेको अवस्थामा यसको रोकथाम र नियन्त्रणमा लागि पर्ने बताएका छन् । शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले भयावह अवस्थामा रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्