रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीमा बिक्री गर्न व्यवसायीको माग
शनिबार, १६ चैत, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ । बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध गरेका हुन् । औषधि व्यवस्था विभागले फागुन २५ गतेदेखि रिर्जभ एन्टिबायोटिक्सको अनुचित प्रयोग र दुरुपयोग बढेको भन्दै यस्ता औषधिहरू अस्पताल भित्रका फार्मेसीमा मात्र बिक्री वितरण गर्न पाइने निर्णय गरेको थियो । यस निर्णयका कारण अस्पताल बाहिरका फार्मेसीहरू प्रत्यक्ष प्रभावित हुने भन्दै व्यवसायीहरू आक्रोशित देखिएका छन् । कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले विभागको निर्णय हचुवा र अवैज्ञानिक भएको बताए । ‘यो निर्णय कुनै वैज्ञानिक आधारबिना र एकतर्फी रूपमा लिइएको छ,’ उनले भने । ढकालका अनुसार यस प्रतिबन्धले अस्पताल बाहिरका फार्मेसीहरू विस्थापित हुने खतरा बढेको छ । ‘यसरी अस्पताल भित्रको फार्मेसीमा मात्रै विक्री वितरण गर्दा बाहिरका फार्मेसीहरू विस्थापित हुने खतरा बढेको छ,’ ढकालले भने, ‘डिडीएको यो गलत निर्णय सच्याउन जोडदार माग गर्दछु ।’ कार्यक्रममा औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनबहादुर काफ्लेले पनि विभागको निर्णयप्रति आपत्ति जनाए । बेलबारी उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष केशव थापा मगरले व्यवसायीहरूको माग जायज रहेको बताए । ‘व्यवसायीहरूको चिन्ता बढेको छ । सरकारले निर्णय गर्दा सम्बन्धित पक्षसँग पर्याप्त छलफल गर्नुपर्दछ, उनले भने । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रतिनिधि सही सोमबहादुर भण्डारीले भने औषधि सम्बन्धी नियमको पालना गर्नुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा बेलबारी, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिकाका औषधि व्यवसायीहरूको उपस्थिति रहेको थियो । उपस्थित व्यवसायीहरूले आफ्नो जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।
काठमाडौं, ४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम...
काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...
विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं .प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा...
विराटनगर, १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...
काठमाडौं, २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ । लुम्बिनी तथा बुद्घ र...
विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् । आफूसहित...
विराटनगर । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको...