‘सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबीच साझा दस्तावेज हो’

 न्यूज विराट
‘सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबीच साझा दस्तावेज हो’

विराटनगर । सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबिच साझा दस्तावेज भएकाले यो कार्यान्यवयनमा सबै पक्ष जिम्मेवारीपूर्व लाग्नु पर्ने सुझाव सरोकारवालहरुले जोड दिएका छन् ।
राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित नेपालमा श्रम सम्बन्धी विद्यमान कानुन कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी अध्ययनका सवालहरु विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कोषमा समावेश भएमा मजदुरहरुले पाउने न्युनतम पारिश्रमिक समस्या समाधान हुने भएकोले यसको सफल कार्यान्वयनमा श्रम कार्यालय, ट्रेड युनियन प्रतिष्ठान एकतावद्ध भएर लाग्नुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले आयोगले प्रदेशस्तरमा श्रम अदालत स्थापनाको सिफारिश गरेको जानकारी दिँदै यो स्थापनाबाट श्रमिकको हकअधिकार प्राप्त गर्न सहज हुने धारणा राख्नु भयो ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले पालिकाको न्याय समितिले प्रभावकारी रुपमा विद्यालयका शिक्षक तथा चालकको श्रम ऐन कार्यान्वयन सम्बन्धमा सम्वेदनशिल भएर कार्य गरिरहेको बताउनु भयो ।
सामाजिक सुरक्षा कोषका दिपकराज भट्टले अहिले यस क्षेत्रमा नियमित रुपमा दुई हजार एक सय प्रतिष्ठानका ३५ हजार जना सामाजिक सुरक्षा कोषमा आवद्ध भएको जानकारी दिनुभयो ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय विराटनगरका अधिकृत दुर्गाप्रसाद पौडेलले श्रम कानुन र कार्यान्यन अवस्था र आयोगका सचिव बलराम निरौलाले नेपालमा श्रम सम्बन्धी विद्यमान कानुन कार्यान्वयनको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
अन्तरक्रियामा महानगरकी न्याय समितिकी शारदा थपलिया,जिफन्टका किशोर धमला,अन्टफका धर्मलाल माझी, मुरारीप्रसाद भट्टराई लगायतले श्रम ऐनको सफल कार्यान्वयनका लागि श्रम कार्यालयले ट्रेड युनियनका प्रतिनिधि सहित अनुगमन गर्नुपर्ने सुझाव दिएका छन्।
मुलुकमा ९० लाख श्रमिक मध्ये ८४ दशमलव ६ प्रतिशत असंगठित क्षेत्रमा रहेको सोही अवसरमा जानकारी दिइयो ।

सम्बन्धित समाचार

कोरोनाका कारण टिकटमै गुम्यो सर्वसाधारणको करोडौँँ रुपैयाँ

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको...

प्याब्सनको स्थापना दिवसमा विविद्य कार्यक्रम, दिप प्रज्जवलनदेखि आश्रममा भोजनसम्म

विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...

कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

विराटनगर । सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा,...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...

प्रदेश २ मा १ वर्षीया बालिसहित थप २९ जनामा कोरोना पुष्टि 

धनुषा, १४ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, महोत्तरी र पर्सामा गरेर थप २९ जनामा कोरोना पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी...

प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ अंक जोड्दै सुनसरी शीर्ष स्थानमा

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ। कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जीत निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष...

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन :  जिम्मेवारीपूर्वक काम गर्नुहाेस्

काठमाडौं, २० साउन-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।  मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्