पाँचौ मिल्स गोल्डकप : उपाधि होल्डमा उदयपुरको फ्यूजन क्लब
बिहिबार, ०७ चैत, २०८१,
न्यूज विराट
विराटनगर । गाइघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित गर्दै उदयपुर फाइनलमा पुगेको हो । उपाधि रक्षाको लागि उदयपुरले अब शुक्रबार हुने दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि उदयपुरका रितेस तामाङ्गले दुई गोल, सुनिल खड्का, दिपक मगर र दिवस राईले समान १–१ गोल गरे । इटहरीको तर्फबाट सुजन मगरले सान्तवना गोल फर्काए । खेल सुरु भएको ९ औं मिनेटमा उदयपुरका रितेस तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपक मगरले निकालेको क्रस पासलाई रितेसले जाली चुमाए । पहिलो हाफसम्म उदयपुर १–० गोलले अग्रता लियो । दोस्रो हाफपछि ४५ औं मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी ल्याए । इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्स भित्र फल खेलेर लडाएपछि रेफ्री अनिल खवासले पेलान्टी दिए । पेलान्टीमा इटहरीका सुजनले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि उदयपुरले खेलको रणनीति बदल्दै आक्रमक खेल पस्कियो । खेलको ६१ औं मिनेटमा उदयपुरका रितेस तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । दिपकले निकालेको पासलाई रितेसले गोलमा परिणत गरे । दोस्रो गोल गरेलगत्तै उदयपुरका सुनिल खड्काले ६२ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । दोस्रो हाफपछि इटहरीलाई दवाबमा राखेको उदयपुरले अतिरिक्त समयमा थप दुई गोल गर्यो । दिपक मगर र दिवस राईले खेलको अतिरक्ति समयमा समान १–१ गोल गर्दै टिमको जित सुनिश्चत गरे । अतिरिक्त समयमा सनम राईले पास निकालिदिएका थिए । प्रतियोगितामा दुई गोल गर्ने उदयपुरका रितेस तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार रुपैयाँ पाए । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।
नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...
विराटनगर । कैद भुक्तान हुन एक महिना बाँकी रहदा मोरङ कारागारका चौकीदार अभिषेक गिरीको स्थान्तरण हुने भएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको...
काठमाडौं, ३० असार-नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । २२ असारमा सेनिटाइजर दर्ताको म्याद ३ महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेका...
मोरङ, ८ वैशाख-कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र...
सप्तरी, १ असोज-जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने...
काठमाडौं, २६ वैशाख-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुन दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्दै कामना गरेका छन् । उनले आज शुभकामना सन्देश...
काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट...
धनगढी, ३१ वैशाख-बर्दियाकी कोरोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका कैलालीका १ सय १ जनाको स्वाब संकलन गरिएको छ ।बर्दियाको राजापुर नगरपालिका-५ की ११ बर्षिया बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको मंगलबार स्वाब परीक्षण गरिएको...