राईजिङ्ग इर्ङ्लिस स्कुलले मनायो ३४ औं वार्षिकोत्सव
सोमबार, ०४ चैत, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – १५ रानीस्थित राईजिङ्ग इर्ङ्लिस स्कुलको ३४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । स्कुल परिसरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कोशी प्रदेश सभा सदस्य अमृत अर्यालयको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रममा बोल्दै उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै सिप र संस्कारसहितको शिक्षा दिएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गीत र फेशन सो देखाएर विद्यार्थीहरुलाई रमाइलो प्रदान गरे । कार्यक्रममा स्कुलमा अध्यनरत प्रथम, द्धितीय र तृतीय हुने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष फैयाज राईनले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयले राष्ट्रलाई आवश्यक गर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । विद्यालयका प्रिन्सिपल असलम आलमले विद्यार्थीहरुलाई सीप र संस्कारसहित गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारमुखी शिक्षा दिदै आएको बताउनुभयो । कक्षा नर्सरीदेखि १० सम्म पढाइ हुने विद्यालयमा ६ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।
विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...
धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...
विराटनगर । नेपाल ट्रेड पोर्टल तथा इयू रेक्स सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा मंगलबार उक्त कार्यक्रम भएको हो । कार्यक्रमको...
उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...
विराटनगर, २० माघ । विराटनगर विमानस्थल बिस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांक तथा वितरण समितिलाई...
पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि...
काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...
विराटनगर, ११ जेठ । मंगलबार विराटनगरमा १०९ महिला र ९२ पुरुष सहित २०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६२४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १३०३ जना कोरोना संक्रमण...