होलीमा मर्यादा उल्लंघन गरेको आरोपमा मोरङमा ६६ जना प्रहरी नियन्त्रणमा
शुक्रबार, ०१ चैत, २०८१,
न्यूज विराट
विराटनगर । होली पर्व मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने ६६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार होली खेल्ने क्रममा अवाञ्छित गतिविधि गरेको पाइएपछि मोरङबाट ६६ जनलाई शुक्रबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा उच्छृंखल गतिविधि गर्नलाई नियन्त्रणमा लिउको उनले बताए । ‘नियन्त्रणमा लिएकाहरु प्रहरी कार्यालयमा छन् । मापसे मात्रै खाएर सवारी चलाउनेलाई आफन्तलाई बोलाएर जिम्मा लगाइन्छ । उच्छृंखल गतिविधि गर्नेलाई मुद्दा चालउने तयारि गरिएको छ,’ डिएसपी जोशीले भने । उनीहरुलाई जिल्ला प्रहरीलगायत जिल्लास्थित इलाका प्रहरीमा राखिएको छ । जिल्लामा शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ । होलीमा ट्राफिक नियम उलंघन गर्ने २५६ सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगर क्षेत्रभित्रबाट ६१ र जिल्लास्थित अन्य क्षेत्रबाट २ सय ६९ सवारी नियन्त्रणमा लिइएको छ । जसमध्ये हेलमेट नलगाइ सेवारी चलाउने ७२ जना, तीन जना सवार ८८ जना र मापदक पद्धार्थ सेवन गरेर सवारी साधन चलाउने १ सय ९ सवारी साधानलाई कारवाही गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई लाग्नु...
काठमाडौं, साउन ३-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि सचिवालय बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय सचिवालयकाे...
काठमाडौं, ३१ भदौ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर-जिम्मेवारीता र सुझ-बुझको अभावमा आज (बिहीबार)देखि सरकार खर्चबिहीन भएको छ । संघिधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।...
विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...
विराटनगर, २९ असार ।प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । बुधबार पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रपी अधिकारीले विज्ञप्ती निकाल्दै मन्त्री कार्कीले...
विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज विराटनगरमा हर्षोउल्लासका साथ मनाएका छन् । यसै उपलक्ष्यमा आज विहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान...
काठमाडौं, २२ साउन-संक्रमणको जोखिम बढेको ठाउँमा मात्रै लकडाउन गर्ने सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब देशव्यापी लकडाउन नलगाइ जोखिम बढी भएको ठाउँमा स्थानीय तह र स्थानीय...
विराटनगर । विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल सोमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेपछि संचालनमा आएको हो...