हिसान क्रिकेटको फाइनलमा फेरि अरनिको र ग्रिनल्याण्ड भिड्दै

 न्यूज विराट
हिसान क्रिकेटको फाइनलमा फेरि अरनिको र ग्रिनल्याण्ड भिड्दै

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्याण्ड प्रवेश गरेको छ । माघमा सकिएको हिसान क्रिकेटमा अरनिको र ग्रिनल्याण्ड विच भएको फाइनल खेलमा अरनिकोले उपाधि जितेको थियो ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा हिसान मोरङ क्रिकेट विजेता विराटनगरको अरनिको कलेजले विर्तामोडको निदि कलेजलाई ६८ रनको फराकिलो अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३१ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा प्लेयर अफ म्याच रुद्रप्रताब साहले अविजित ५० रन बनाउँदा सोनु साहले २९ रनको योगदान दिए । निदिका विशाल मगरले सर्वाधिक ४ विकेट लिए ।

१ सय ३२ रनको लक्ष्य पछ्याएको निदिले १५ ओभरमा सवै विकेट गुमाई ६४ रनमा सिमित भयो । निदिकालागि विशाल मगरले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा प्रकाश पासवानले २ विकेट लिए ।

दोस्रो सेमिफानल खेलमा ग्रिनल्याण्ड कलेजले इटहरीको विश्व आर्दश कलेजलाई १६ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रनको स्कोर बनाएको थियो । ग्रिनल्याण्डका क्रि चौधरीले २४ रन बनाउँदा रअनिस सहनीले २३ रन बनाए । विश्व आर्दशका बलराम मण्डलले २ विकेट लिँदा सन्देश भण्डारी र आकाश सराफले पनि २–२ विकेट लिए ।

९८ रनको लक्ष्य पछ्याएको विश्व आर्दशले पुरै ओभर खेल्दै ९ विकेट ८१ रनमा सिमित भयो । विश्व आर्दशकाआर्यन आमिरले सर्वाधिक २२ रनको योगदान दिए । ग्रिनल्याण्डका प्लेयर अफ म्याच सुनिल यादवले ४ विकेट लिँदा अमित चौधरी र गनेश यादवले २–२ विकेट दिए । फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए ।

सम्बन्धित समाचार

देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित...

सरकारले संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन दिँदैन : डा. खतिवडा

काठमाडौं, २२ साउन-अर्थ, सञ्चार तथा सूचना प्रविधिमत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको...

सनाखतका लागि माधव पक्षीय नेताहरू निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू...

अर्थमन्त्रीको ‘फेक’ फेसबुक एइकाउन्ट

काठमाडौं, फागुन २९–अर्थमन्त्री डा.युवराज खतिवडाले आफ्नो नाममा ‘फेक’ फेसबुक अकाउन्ट खोलेको भन्दै प्रहरीलाई नियन्त्रणका लागि आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले आफ्नो फेसबुक तथा ट्वीटर अकाउण्ट नभएको तर आफ्नो नाम र तस्वीर प्रयोग गरी अकाउन्ट...

बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी (फोटो फिचर)

विराटनगर । बैंकको चर्को ब्याजका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधवार विराटनगरमा बृहत् मौन–जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरुम सडकमा उत्रिएका हुन् । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ९ र १० फागुनमा

काठमाडौं, ४ माघ-नेपाल मेडिकल काउन्सिलको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) फागुन ९ र १० गते हुने भएको छ । काउन्सिलले परीक्षाको लागि आवेदन खुलाएको छ । ५ माघदेखि अनलाइन फारम खुला गरिएको काउन्सिलले जनाएको...

मंगलबारदेखि निजी सवारीमा जोर–बिजोर लागू गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । स्मार्ट लकडाउन लगाउने तयारी गरेको सरकारले निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली गर्ने तयारी गरेको हो । ‘निजीको हकमा जोर–बिजोर गर्ने विषयमा छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्