महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

 न्यूज विराट
महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बुढीगंगा गाउपालिकाको बौराहास्थित मधुग्राम देवता आधारभूत विद्यालयमा विराट नर्सिङ होम प्रा.लि.को सहकार्यमा शिविर सम्पन्न भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूको पाँच सदस्यीय टोली, सात जना पारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मीहरूले विरामीहरूको जाँच गरे।

चिकित्सकहरूको टोलीमा दुई जना नेत्र रोग विशेषज्ञ, दुई जना स्त्रीरोग विशेषज्ञ र एक बाल रोग विशेषज्ञ रहेका थिए । साथै, शिविरमा बिरामीहरूको रोग पहिचान गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो । बालबालिकाहरूलाई खाजा स्वरूप बिस्कुट पनि प्रदान गरिएको थियो।

शिविरबाट १ सय १० जना बालबालिकासहित १ सय ४० जना लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

सम्बन्धित समाचार

साउन मसान्तबाट कक्षा १२ को परीक्षा, भौतिक उपस्थितिमै परीक्षा सञ्चालन

काठमाडौं, साउन ५ । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैं...

विद्यालयले नैतिक शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिएर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।उनले...

समाजसेवी गोयलले भद्रपुरमा विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो । भद्रपुर...

तीन महिनामा प्रदेश १ मा १७७ वटा मानव अधिकार हनन् का घटना

विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् । राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना...

अवहेलना मुद्दा : प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन् । बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री ओलीले अवहेलना मुद्दाको लिखित जवाफ बुझाएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित...

कोरोना संक्रमित थपिएपछि इनरुवामा पुनः लकडाउन

सुनसरी, १० साउन-सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय...

लकडाउनका बीच त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तार गरिँदै

लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दूरी कायम गर्दै निर्माणको काम भइरहेको...

पत्रकार प्रेम देवानमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर मोरङको धनपालथान गाउँपालिका रमेश मण्डलसहितको समूहले उनलाई आक्रमण गरेका हुन् । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्