रमपम विराट गोल्डकप, मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

 न्यूज विराट
रमपम विराट गोल्डकप, मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

विराटनगर । विभाग्य टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

जितको लागि आर्मीका निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएको मोरङ ११ खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन ।
दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा मोरङ ११ पहिलो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ३३ औं मिनेटमा निरज चौधरीले गरेको कडा प्रहार मोरङका गोल किपर पूर्ण चेम्जुङ्गले उत्कृष्ट बचाए । ३४ औं मिनेटमा सुजन चौधरीले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । आर्मीका ५० औ मिनेटमा दिनेश हेमजङले डिबक्स भित्रदेखि गरेको प्रहार मोरङका गोलकिपर पुर्णू चेम्जुङ्ग बाधक बने । त्यसलगतै निरान्जन धामीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ५१ औं मिनेटमा आर्मीका नरेश खत्रीले गरेको कडा प्रहार मोरङका गोलरक्षक पूर्णले बिफल पारिदिए ।

घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो । खेलको ५३ औ मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै सुशिल राईले गोल गर्ने गतिलो अवसर गुमाए । मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । ७० औ मिनेटमा दोर्जे तामाङ्गले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा बराबारीमा ल्याउने अवसर खेर गयो । प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए । बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।

सम्बन्धित समाचार

नेकपाकाे स्थायी समिति बैठक स्थगित

काठमाडौं, ३१ वैशाख-आज बिहान ११ बजे बाेलाइएकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना संक्रमण बढेको र कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट हुन बाँकी रहेकोले आज...

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

एजेन्सी, साउन १८-भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना...

गगन थापालाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज-प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको उनले जानकारी गराए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र...

विराटनगरको मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’

विराटनगर । व्यवस्थापन संकायमात्र पठनपाठन गरी अब्बल शैक्षिक संस्थाको रुपमा देशभरीमै पहिचान बनाएको विराटनगरस्थित मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’ प्रदान गरिएको छ । मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रविन्दुले उक्त...

स्पार्क हस्पिटल आठ वर्षमा, पुस १० गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर – १० पाञ्चाली मोडमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल आठ वर्षमा प्रवेश गरेको छ । आठ वर्षमा प्रवेश गरेको अवसर पारेर हस्पिटल परिसरमा पुस १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने...

अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छः ट्रम्प

एजेन्सी, २९ कात्तिक-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।  उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी...

सीएनआई कोसी एक्स्पोमा अल्लो र ढाका कपडाको ‘ब्राण्डिङ’

विराटनगर । कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् ।धनकुटामा जन्मिएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्