प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

 न्यूज विराट
प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छ ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ । जित पछि झामा ३ खेलमा २ मा जित १ मा पराजित हुदै ४ अंककासाथ तेस्रो स्थानमा छ भने इलाम ४ खेलमा १ जित र ३ खेलमा पराजित हुँदै २ अंका साथ चौथो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव २ बलमा सवै विकेट गुमाई सय १४ रनको योगफल तयार पारेको थियो । इलामकालागि लव कामतले २७ रन बनाउँदा गौतम राईले २४ रनको योगदान दिए । झापा का प्लेयर अफ म्याच विपिनकुमार महतोले ३ विकेट लिँदा ज्ञानबहादुर श्रेष्ठले पनि ३ विकेट लिए ।

१ सय १५ रनको लक्ष्य पछ्याएको झापालले ३८ ओभरमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाका समिर कार्कीले अविजित ३२ रन बनाउँदा अमन गोयलले २८ रनको योगदान दिए । इलामका गौरभ भट्टराई, हेमल राई, श्याम यादव र लव कामतले १–१ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले घरेलु टाली मोरङलाई ४६ रनले पराजित गरेको छ । जित पछि सुनसरी ३ खेलमा तीनै खेल जितेर ६ अ‍ैककासाथ शिर्ष स्थानमा उक्लियो भने मोरङ ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ दोस्रोमा छरेको छ । टस हारेर जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ५४ रनको योगफल बनायो । सुनसरीका सुमन घतानीले ४७ रनको योगदान दिँदा गौरभ कटवालले ४० रनको योगदान दिए । मोरङका प्रेम कामतले २ विकेट लिँदा श्रवण किस्कुले पनि २ विकेट लिए ।

१ सय ५५ रनको विजयी लक्ष्य पाएको मोरङले ४१ ओभरमा सवै विकेट गुमाई १ सय ८ रनमा सिमित भयो । मोरङका सकिव हकले २८ रनको योगदान दिँदा चिराग साहले रन र दिपेश कँडेलले २२ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ म्याच गौरभ कटवालले ३ विकेट लिँदा प्रकाश कार्कीले पनि ३ विकेट लिए । लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।

सम्बन्धित समाचार

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...

सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

काठमाडौं, ३१ जेठ-सरकारले साझा पार्टीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्च र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा...

प्रदेश १ : तत्काल प्रदेशसभा बैठक बेलाउन प्रमुख प्रतिपक्षी एमालेको माग

विराटनगर, १२ माघ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले जनताका प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेको हो...

विराटनगर सिटीका प्रशिक्षकलाई एक वर्षको प्रतिबन्ध

काठमाडौं, १२ जेठ । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको...

नेकपा पुनः एकीकरणमा जुट्न वामदेवको अपिल (पूर्णपाठ)

काठमाडौं, २५ पुस-नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र प्रचण्ड-नेपाल समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी...

संक्रमित बढेपछि लकडाउनका विषयमा उच्चस्तरीय समिति अन्योलमा

काठमाडौं, २२ वैशाख-२५ वैशाखपछि जारी लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सरकार अन्योलमा परेको छ ।लकडाउनबारे सुझाव दिन बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा २५ वैशाखपछि के गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।...

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...

सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

विराटनगर, १७ भदौ–सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्