पालिकास्तरीय अध्यक्ष कप , फाइभस्टार र शान्ति युवा क्लब विजयी

 न्यूज विराट
पालिकास्तरीय अध्यक्ष कप , फाइभस्टार र शान्ति युवा क्लब विजयी

विराटनगर । मोरङको कटहरीमा जारी प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुनसरीको खनारको फाइभस्टार क्लब र इटहरीको श्री शान्ति युवा क्लब विजयी भएको छ ।
कटहरी गाँउपालिका ५ को खेलमैदान बिहीबार भएको पहिलो खेलमा बुढीगंगा गाउँपालिकाको सुक्चर युवा क्लबलाई २–१ गोलले हराउँदै फाइभ स्टार क्लब विजयी भएको हो । खेलको म्यानफाइभस्टारका सुमन चौधरी घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा ग्रामथान गाउँपालिको जुनियर फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै श्री शान्ति युवा क्लब विजयी भएको हो । प्रतियोगिताको म्यान अफ द म्याच शान्ति युवा क्लबका अमन थारु घोषित भए ।

फागुन ७ गते देखि १७ गते सम्म आयोजना गरिने सो फुटबल प्रतियोगितामा कटहरी गाँउपालिकाको ७ वटा वडाका १० वटा टिमहरु र अन्य पालिकाका ६ वटा टिम गरी १६ वटा टिमले भाग लिईरहेका छन् । प्रतियोगिताको विजयी टिमले १ लाख १ हजार नगद सहित ट्रफी र उपविजेताले ५१ हजार रुपैया सहित ट्रफी प्राप्त गर्ने कटहरी गाँउपालिकाले जनाएको छ । प्रतियोगिताका लागि बजेट ५ लाख रुपैया विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

सकियो एमाले स्थायी कमिटी बैठक, यी हुन् निर्णय

काठमाडौं, साउन १-नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा आज भएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । माधव...

अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । यूएस...

प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका...

भगवती विद्या मन्दिर स्कुलले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक...

विकासका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरूको काम...

डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी पनि लिएन नेपाल प्रहरीले

काठमाडौं, १५ वैशाख-नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईविरुद्धको साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संस्थाका युवा विद्यार्थी नेताहरूलाई डा....

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए...

आकर्षक बन्यो विराटनगर विमानस्थलको प्रवेशद्वारः थ्रीडी एलइडी लाइट जडान

विराटनगर, २० जेठ । विराटनगर विमानस्थलको पुनःनिर्माण गरिएपछि आकर्षक देखिएको छ । विमानस्थल प्रवेशद्वारको पुननिर्माणसम्पन्न भएपछि पहिलेभन्दा आकर्षक देखिएको हो । विराटनगर विमानस्थलको प्रवेशद्वार विराटनगरस्थित थ्रीडी एड्भरटाइजिङले पुनःनिर्माण गरेको हो । यसअघि समान्य प्रवेशद्वार रहेकोमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्