विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ ।
स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका छन् ।
माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, बास्केटबल, टेवलटेनिस, रेसिङ लगायतका खेलहरू समावेश गरेका थिए । खेलकुद सप्ताह २०८१ मा ९ सय विद्यार्थीमध्ये ५ सय भन्दा बढी विद्यार्थी सहभागी रहेको स्कुलले जनाएको छ ।
खेलकुदको माध्यमबाट अरनिकोले पढाइमा मात्रै नभई खेलकुदमा पनि अब्बल रहेको सन्देश प्रवाह गर्न सफल भएको स्कुलका प्रिन्सिपल राजेश कार्कीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० का वडाअध्यक्ष अर्जुन गिरी, अरनिको आवासीय विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल कार्की तथा निर्देशकहरु विकास अधिकारी, निलम अधिकारी, भरत दाहाल, विलाश लुइँटेल र डा.भविन्द्र निरौलाले विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए । स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म करिव ९ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
काठमाडौं, १५ असोज-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ साल १ कात्तिक शनिबारदेखि नेपालीको महान् चाड बडा दसैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने...
विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...
काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि आज बिहान चितवनको...
एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।...
विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...
विराटनगर । विराटनगर–२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो । सम्झौता पत्रमा विराट...
सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...
झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...