अर्किड कलेजले बाढ्यो उत्कृष्ट ६० विद्यार्थीलाई ३ लाख बरावरको नगद पुरस्कार

 न्यूज विराट
अर्किड कलेजले बाढ्यो उत्कृष्ट ६० विद्यार्थीलाई ३ लाख बरावरको नगद पुरस्कार

विराटनगर । विराटनगरमा रहेको अर्किडक कलेजले उत्कृष्ट ६० जना विद्यार्थीहरुलाई ३ लाख बरावरको नगद पुरस्कार वितरण गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरेको हो ।
कक्षा ११ र १२ मा उत्कृष्ट १५ भित्र पर्ने ६० जना विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरिएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए ।
आगमी वर्षमा मेडिकल तथा टप ५० मा नाम निकाल्ने विद्यार्थीहरुलाई कलेजले ५० हजार बरावरको पुरस्कार वितरण गर्ने घोषण गरेको छ । पूर्ण छात्रवृत्तीमा नामा निकाल्ने विद्यार्थीहरुलाई जनही २० हजार पुरस्कार वितरण गर्ने कलेजका प्रिीन्सपल श्रेष्ठले बताए । त्यसैगरी इन्जिनियरिङ तर्फ उत्कृष्ट ५० भित्रमा नामा निकाल्ने विद्यार्थीलार्य नगद ५० हजार र पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई जनही २० हजार पुरस्कार वितरण गर्ने कलेजले जनाएको छ । त्यसैगरी नेपाल प्रथम गर्नेलाई १ लाख र कोशी प्रदेश प्रथम गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार वितरण गर्ने कलेजले घोषणा गरेको छ ।
त्यसैगरी कलेजले हिसान मोरङले आयोजना गरेको स्पोर्ट्स मिटमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका मोरङका बरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी रहेका थिए । दिपेश बास्तोलाको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, संचालक दिपेश बास्तोला, कार्यक्रम संयोजक मनोज तिवारी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, प्याब्सन मोरङका सदस्य इन्द्र कुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरले गुमायो अब्बल सर्जन डा. रामकुमार सिंह

विराटनगर । विराटनगरका वरिष्ठ सर्जन प्राडा ६० वर्षीय रामकुमार सिंहको निधन भएको छ । डा. सिंह कोशी प्रदेशका कहलिएका वरिष्ठ सर्जन हुन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए ।सोमबार विहान भ्रमणका सिलसिलामा अजरबैजानको...

मलेसियन प्रहरीद्वारा आप्रवासी पक्राउको बचाउ

एजेन्सी, बैशाख २१-मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको छ । शुक्रबार मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई पक्राउ गरेको थियो । मलेसिया प्रहरीले आफ्नो बचाउ गर्दै कोरोना भाइरस नफैलियोस भने पक्राउ गरिएको दाबी गरेको छ ।...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

तत्कालीन माओवादीका ७ नेता प्रचण्डसँग असन्तुष्ट 

काठमाडाैं, २२ असार-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदवाट हटाउन खोजेपछि तत्कालीन माओवादी केन्द्रका स्थायी कमिटी र केन्द्रीय सदस्यहरु पछि हटन सुरु गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) र...

गच्छदारनिकट ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, फागुन २३–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार...

सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द...

आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बन्छौँः सभापति शेरचन

विराटनगर,१२ भदौ । नेपाली कांग्रेस(विपी)का केन्द्रीय सभापति शुशिलमान शेरचनले आफ्नो पार्टीलाई जनताले आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति शेरचनले पार्टीले संघीउ संसदको १६५ निर्वाचनमा उम्मेदवार उठाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्