एनसीडिए कोशी प्रदेशको दोस्रो अधिवेशन सुरु, नयाँ नेतृत्व छान्न आइतबार निर्वाचन
शनिबार, २६ माघ, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो । संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु भएको छ । उदघाटन शत्र सकिएपछि आजै बन्द शत्र हुने कार्यतालिका रहेको छ । बन्द शत्र सकिएपछि आइतबार विहानबाट नयाँ नेतृत्व चयनको लागि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । एनसीडिए कोशी प्रदेशको अध्यक्षमा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । विराटनगरको एपोलो फार्मेशीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका थिए भने बराल विर्तामोडको ओसन मेडिकियर प्रालिका संचालक तथा यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका थिए । काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रसाद तिम्सिना र बरालको समूहबाट सूर्य प्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तिम्सिना यसअिघ औषधी व्यवसायी संघ मोरङका निर्वतमान अध्यक्ष समेत हुन् । त्यसैगरी थोक उपाध्यक्षमा काफ्ले समूहबाट सुदिनध्वज श्रेष्ठले र बरामलको समूहबाट खेमराज बस्नेतले उम्मेदवारी दिएका छन् । महासचिबवमा लक्ष्मण माझी चौधरी र रविन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट महासचिबमा उम्मेदवारी दिएका चौधरी एनसीडिए तत्कालिन कोशीका पुर्व अध्यक्ष हुन् । त्यस्तै उपकोषाध्यक्षमा सेवक दाहाल र पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ । संघको पाँच पदमा निर्वाचन हुन लागेको हो । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । काफ्ले समूहमा अनुभवी व्यवसायीहरु उठेका छन् । काफले समूहबाट उम्मेदवारी दिएका व्यवसायीहरु अनुभवी र व्यवसायीहरुको हकहितमा काम गर्ने इच्छाशक्ति भएकोले उनीहरुको पक्षमा माहोल राम्रो देखिएको औषधी व्यवसायीहरु बताउँछन् । एनसीडि कोशीमा १३१ जना मतदाता रहेका छन् । जसमध्ये सबैभन्दा बढी मोरङमा रहेका छन् । मोरङमा मात्रै २२ जना मतदाता रहेको बुझिएको छ ।
नेपाल एयरलाइन्सको विमानले चीनको ग्वाङजाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनबाट ल्याइएको सामग्री आज बिहान साढे पाँच बजे नेपाल आइपुगेको त्रिभुवन विमानस्थल कार्यालयका अपरेशन विभाग प्रमुख बिपु जुहार्चनले जानकारी दिए । यस्तै, चिनियाँ दूतावासले...
काठमाडौं, जेठ ९- पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज उक्त संख्यामा संक्रमितले कोरोनालाई परास्त गर्नुभएको हो । सोही अवधिमा ७...
विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ...
विराटनगर । होली पर्वको अवसरमा मोरङ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने २६९ सवारी साधनलाई कारवाही गरिएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार, कारवाहीमा परेकामध्ये हेलमेट नलगाई सवारी चलाउने ७२ जना, तीन...
काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको...
काठमाडाैं, ४ जेठ-राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आइतबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न मुस्लिम समदुायलाई आग्रह गरेका...
लकडाउन चौथो दिन पनि जनकपुरधामको बजार पूर्णरूपमा बन्द रह्यो । हरेका चोकमा सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका देखिन्थे । सुरक्षाकर्मीले लकडाउनको अवज्ञा गर्दै हिँड्नेलाई पक्राउ गरेका थिए । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन...
काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग...