दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र
शनिबार, १९ माघ, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
पछिल्लो समयमा रेजिडेन्ट डाक्टरहरुको निर्वाह भत्ताको विवादले चलिरहेको आन्दोलन, रेजिडेन्ट डाक्टरहरुले गरेको आत्महत्या, चिकित्सकहरुको विदेश पलायन तथा जनसंख्या बृद्धिसंगै चिकित्सकहरुको नयाँ दरबन्दी थप्नुपर्ने लगायतको माग राखेर पुर्वराष्ट्रपति भण्डारीलाई भेटेको नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिब डा. बालकृष्ण साहले जानकारी दिए ।
२०४८ सालमा कायम गरिएको दरबन्दीमा पनि करिब ५० प्रतिशत रिक्त रहेकोमा चाँडै लोक सेवामा मार्फत पदपूर्ति गरिनुपर्ने माग राखिएको संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले बताए । संघले पुर्व राष्ट्रपति भण्डारीलाई बुझाएको आधिकारिक ध्यानाकर्षण पत्रमा मुख्य ३ समस्या औल्याएका छन् । जसमा पहिलो र ज्वलन्त मुद्दा आवसीय चिकित्सकहरुको समस्यालाई उजागर गरेको छ । ‘समस्या मुलुकमा आवसिय चिकित्सकहरुको निर्वाह भत्ताको सन्दर्भमा मुलुक भरी आवसिय चिकित्सकहरु को आन्दोलन चलिनै रहेको छ । निर्वाह भत्ताको सन्दर्भमा एकातिर कुरा छदैछ अर्को तर्फ आवसिय चिकित्सकहरुको काम गर्ने डियुटि आवरका साथै चिकित्सकको स्वास्थ्य अवस्थाको समेत ख्याल गर्नुपर्ने जरुरी देखिन्छ । आवसिय चिकित्सकहरुको मानसिक स्वास्थ्यको सन्दर्भमा हेर्दा हालै पन्ध्र दिनको अन्तरालमा नेपालको प्रतिष्ठित दुई सस्थामा दुई आवसिय चिकित्सकहरुले आत्महत्या गरेको कुरा लाई गम्भिर रुपमा हेर्नूपर्ने जरुरी छ,’ ज्ञापनपत्रमा उल्लेख छ । पुर्वराष्ट्रपति भण्डारीलाई संघका तर्फबाट अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, सदस्य द्वय रितेश कुमार सिंह र प्रेक्षा दली, कल्चर समितिका डा. मिरा आचार्य र सल्लाहकार डा. मोहन खड्काले भेटेका थिए ।
सुनवर्षी। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने बिषयमा चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा यसको ब्यापक चहलपहल बढेको छ। नेताहरु जिल्ला ,प्रदेश र केन्द्रको नेताहरुसंग प्रायजसो सम्पर्कमा नै रहन्छन्।...
बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...
जनकपुर, ३० वैशाख-पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा...
विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...
विराटनगर, २७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक...
विराटनगर, ३० माघ । संखुवासभाको खाँदवारी–किमांथान्का सडक खण्डमा आज विहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट मकालु–३ हेदाङनाका मोटरसाइकल चालक ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको...
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीको...
विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका छन् । विराटनगरमा एक कार्यक्रम आयोजना गरी नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका हुन् । नेपाल...