एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का
मङ्गलबार, ०८ माघ, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा मोरङको विराटनगरबाट धनबहादुर काफ्ले र झापाबाट नगेन्द्र प्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । विराटनगरको एपोलो फार्मेशीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका काफ्ले समूहमा अनुभवी व्यवसायीहरु उठेका छन् । काफले समूहबाट उम्मेदवारी दिएका व्यवसायीहरु अनुभवी र व्यवसायीहरुको हकहितमा काम गर्ने इच्छाशक्ति भएकोले उनीहरुको पक्षमा माहोल राम्रो देखिएको औषधी व्यवसायीहरु बताउँछन् । काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रसाद तिम्सिना, थोक उपाध्इक्षमा सुदिन ध्वज श्रेष्ठ, महासचिबवमा लक्ष्मण माझी र सहकोषाध्यक्षमा पुष्पराज पोखरेल रहेका छन् । अहिले प्रदेशमा उम्मेदवारी दिएका पाँचै जना मोरङका रहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार तिम्सिना यसअघि एनसीडिए मोरङका पुर्व अध्यक्ष हुन् भने महासचिवका उम्मेदवार माझी कोशीका पुर्वअध्यक्ष र सह–कोषाध्यक्षका उम्मेदवार एनसिडिए मोरङका निर्वतमान उपकोषाध्यक्ष रहेका थिए । मोरङबाट उम्मेदवारी दिएका पाँचै जनालाई विजयी गराउन एनसीडि मोरङ एकढिक्का हुने निर्णाय गरेको छ । संघको भवनमा आज भएको बैठकले मोरङबाट उम्मेदवारी दिएका पाँच जनालाई विजय गराउने निर्णाय गरेको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । ‘मोरङबाट उम्मेदवारी दिएका पाँचै जनालाई जिताउनको लागि हामी लागि पर्नेछौं । कार्यसमितिको बैठकले मोरङबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजय गराउनको लागि निर्णाय पनि भएको छ ,’ अध्यक्ष ढकालले भने, ‘बिहीबारदेखि मतदातासँग पुगेर भोट माग्ने अभियान पनि सुरू हुनेछ ।’ अध्यक्षका उम्मेदवार काफ्लले आफ्नो चुनावी एजेन्डा सुनाउँदै जिल्ला जिल्लामा पुगेर औषधी व्यवसायीहरुसँग भोट माग्ने बताए ।
एनसीडि कोशी प्रदेशमा पाँच पदमा चुनाव हुन लागेको छ । काफ्लेसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने नगेन्द्र प्रसाद बराल रहेका छन् । बरालको समूहबाट वरिष्ठ उपाध्यक्षमा सूर्य प्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । त्यसैगरी थोक उपाध्यक्षमा खेमराज बस्नेत, महासचिबमा रविन्द्र घिमिरेले र उपकोषाध्यक्षमा सेवक दाहालको उम्मेदवारी रहेको छ । एनसीडि कोशीमा १३१ जना मतदाता रहेका छन् । जसमध्ये सबैभन्दा बढी मोरङमा रहेका छन् । मोरङमा मात्रै २२ जना मतदाता रहेको बुझिएको छ ।
उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित एनसीडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्वाचित निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा प्रभात कुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा याम कुमार खड्का, बेद बहादुर थापा, खुल्ला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने...
विराटनगर, २३ फागुन । मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । आज मध्य राती पौने १ बजे बा४ ख...
विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती छुटा छुट्टै दुई स्थानबाट १८९ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको हो । लागु औषध...
विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसन...
जनकपुरधाम, ८ वैशाख-धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका १ वडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ आएको छ ।चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा...
काठमाडौं २९ साउन-नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा महोत्तरीका...
विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...
काठमाडौं, ९ जेठ-नेपालमा आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गर्दा थप...