गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य

 न्यूज विराट
गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य

विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।
अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी लेभलदेखि आधारभूत तहसम्म मन्टेश्वरी विधि र पद्धतिलाई विशेष प्राथमिकतामा राखी अझ मजबुत रुपमा अगाडि बढाउँदै लैजाने विषयमा दुई स्कुलबीचमा सहकार्य भएको हो ।
किड्स भिलेज २०७० सालमा स्थापना भएको थियो भने मारिया किड्स २०७३ सालमा भएको थियो ।
विराटनगरको शिक्षालाई गुणस्तरीय बनाउनका लागि दुई स्कुलबिच सहकार्यको लागि सम्झौता भएको स्थापना भएको किड्स भिलेज स्कुलका प्रिन्सिपल बिजय दाहालले जानकारी दिए । बालबालिकाको मनोविज्ञानमा आधारित,समय सापेक्ष र अभिभावकको चाहना बमोजिम अभिभावकले खोजेको र रोजेको जस्तो शिक्षा प्रदान गर्न दुई स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सहकार्य गरिएको मारिया किड्स मन्टेश्वरीका प्रिन्सिपल मनिष पोखरेलले जानकारी दिए ।
विराटनगरको उत्तरी भेगमा अभिभावकको मन जित्न सफल हुँदै आएको मारिया किड्स मन्टेश्वरी र विराटनगर बजारमै उत्कृष्ट पहिचान बनाउन सफल किड्स भिलेज स्कुलबिचको सहकार्यले विराटनगरको शैक्षिक उन्नयनमा निकै ठूलो भूमिका निर्माण गर्न सक्ने अध्यक्ष मदन खतिवडाले बताए ।
किड्स भिलेज स्कुलमा आयोजित उक्त कार्यक्रममा किड्स भिलेज स्कुलका अध्यक्ष मदन खतिवडा, प्रिन्सिपल बिजय दाहाल, म्यानेजिङ डाइरेक्टर पंकज जैन, शिक्षक,कर्मचारी र मारिया किड्स मन्टेश्वरी स्कुलका प्रिन्सिपल मनिष पोखरेल, म्यानेजिङ डाइरेक्टर नवजित प्रधान, लेखा प्रमुख सिर्जना आचार्य, कोअर्डिनेटर प्रियंका दाहालको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

एनसीडिए कोशी प्रदेशको निर्वाचन : काफ्ले र बरालको समूह चुनावी मैदानमा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका...

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

विराट एक्स्पो सिंङ्गिङ आइडलको अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

विराट गोल्डकप फागुन १९ गतेबाट, यस्ता छन् गोल्डकप खेल्ने १० टिम

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रिकलीन फुटबल प्रतियोगिता...

मदर मैरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगर – १५ दिपज्योती टोलमा रहेको मदर मैरी ईङलिस स्कुलले रजत जयन्ती मनाएको छ । ।स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपालथान गाउँपालिका अध्यक्ष...

फोनपेको दुबई ट्रिपका विजेता घोषणा

काठमाडौं, फागुन १३–नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क कम्पनी फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाअन्तर्गतका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल...

योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

ताप्लेजुङ दोभान बजारका अग्निपीडितले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । दीर्घकालीन पुनर्स्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउन माग गर्दै उनीहरूले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ताप्लेजुङको मिरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्