विराटनगर । नेपाल चिकित्कस संघ कोशी प्रदेशले नयाँ वर्षको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । संघले दुई चरणमा कार्यक्रम आयोजना गरेको छ । पहिलो चरणको औपचारिक कार्यक्रम संघका महासचिव डा. बालकृष्ण साहले संचालन गरेको कार्यक्रममा अध्यक्ष डा. राजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल चिकित्सक संघ कोशीका सदस्य तथा कल्चरल समितिका कोर्डिनेटर डा. रितेश कुमार सिंहले चिकित्सक र चिकित्सक एकताका लागि नयाँ वर्षमा शुभकामना कार्यक्रम राखिएको बताए । सोही अवसरमा विमा पारेमा पनि जानकारी गराएको थियो । आर्थिक व्यवस्थापनमा विमाले मद्दत गर्न सक्छन् र चिकित्सकहरुका लागि उपयुक्त हुने विमाका विभिन्न पोलिसिहरुका बारेमा नेशनल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड, विराटनगर शाखाका प्रबन्धक डम्बर बहादुर वादिले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघ कोशीका पुर्व अध्यक्ष तथा सल्लाहकार डा. शितल प्रसाद यादवले नयाँ बर्षको शुभकामना व्यक्त गर्र्दै पछिल्लो समयमा चिकित्सक संघले सक्रिय रुपमा गतिविधि गर्दै आएको बताए । चिकित्सकहरुको हकहितमा एनएमे लागि परेको उनले बताए । कार्यक्रममा नेशनल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडका कोशी प्रदेश प्रमुख नगेन्द्र राईले कार्यक्रमलाई एकै पटक धेरै चिकित्सकहरुसंग भेट्ने अवसरका रुपमा लिएको बताए । राईले संघका भवन निर्माणका लागि नेशनल लाइफ ईन्सुरेन्सले आर्थिक सहयोग समेत गर्ने प्रतिब्द्धता व्यक्त गर्दै स्वास्थ सेवा दिने चिकित्सकको संस्थासंग जोडिएर अगाडि बढ्न सधै सकारात्मक रहने बताए । संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले चिकित्सकहरुको हकहितमा संघ सधै लागि पर्दै नयाँ वर्षमा शुभकामना राखिएको बताए । सोही अवसरमा स्मृति व्याण्डले सांगीतिक प्रस्तुती रहेको थियो । स्मृति ब्याण्डका कलाकाहरुले लागतार ३ घण्टा सांगीतिक प्रस्तुती दिएर रमाइलो गरे ।
काठमाडौं, ६ वैशाख-स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी ३ दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
जनकपुर, १८ जेठ-कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पताललाई हालसम्म ८ करोड २३ लाख २५ हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र...
कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...
एजेन्सी, जेठ २-कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ । विश्वमा...
काठमाडौं, ११ बैशाख-पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले पार्टी विभाजनको तयारीमा रहेका भनिएका नेताहरु रेणु यादव र मोहम्मद इस्तियाक राईसँग फोन संवाद गरेका छन् । सो पार्टीका नेता विश्वदिप पाण्डेले पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई...
धनुषामा आफ्ना दुई सन्तानको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन् । नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी...
जनकपुर, २ असोज–लामो समय पर्खाइपछि अन्ततः नेपाली रेल शुक्रबार जनकपुरधाम स्टेसनमा आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो । लामो समयको प्रतीक्षापछि...
विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग...