विराटनगरमा धुमधामका साथ मनाए तमु ल्होसार

 न्यूज विराट
विराटनगरमा धुमधामका साथ मनाए तमु ल्होसार

विराटनगर । गुरूङ समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाएका छन् । गुरुङ समुदायले गरुङ वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिवार तमुस्यो महानगर इकाई कमिटि विराटनगरले मंगलबार एक कार्यक्रम आयोजना गरी तमु ल्होसार पर्व मनाएको हो । तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै पुस १५ लाई ल्होसार (नयाँ वर्ष) का रूपमा मनाउँदै आएका छन्।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले तमु ल्होसार चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वका कारण आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनले बताए । यस्ता पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास लिएको उनले बताए ।
कार्यक्रममा कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी, धनपालथान गाउँपालिका प्रमुख जिवछ प्रसाद गच्छदार, जहदा गाउँपालिका प्रमुख जितेन्द्र प्रसाद साहलगायतले बोलेका थिए ।
सोही अवसरमा दौडमा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार पनि वितरण गरिएको छ । त्यसैगरी तमु ल्होसारमा सांस्कृति नृत्य पनि प्रस्तुत गरि थप रमाइलो भएको थियो ।

सम्बन्धित समाचार

विराटनगरका मेयर क्वारेन्टाइनमा

विराटनगर, २९ भदौ–प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि...

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...

प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...

बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न...

‘नेकपालाई विदेशी राजदुतले आदेश दिने ?’ :सांसद मण्डल

विराटनगर, असार २८–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेकपाको आन्तरिक झागडा विदेशी राजदुतले मिलाउन खोज्नु दुखद भएको बताएका छन् । सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले प्राइमटाईम्सम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा...

नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्