गौतमबुद्ध स्पोर्ट्स मिट सुरु

 न्यूज विराट
गौतमबुद्ध स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।
स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत रर्याली निकालेका छन् । स्कुल परिसरदेखि सुरु भएको रर्यालीले विराटनगर १५ र १६ नम्बर वडा परिक्रमा गरेको थियो । रर्याली पछि गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको स्कुलकी भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले बताइन् । दुई दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा दुई दर्जन बढी खेलहरु समावेश गरिएको उनले जानकारी दिइन् । जसमा १०० मिटर दौड, स्वलो साइकल रेस, कवडी, टेबल रेस, म्याथ रेसलगायतका खेलहरु समावेश गरिएको छ ।
स्पोर्ट्स मिटमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई स्कुलले पुरस्कार समेत बितरण गर्नेछ । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलपामा समेत अगाडी बढाउने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष स्पोर्ट्स मिट आयोजना गर्दै आएको स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । ‘विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न पनि हामीले यस्तो स्पोर्ट्स मिट प्रत्येक वर्ष गर्दै आएका छौं,’ प्रिन्सिपल सुवालले भने, ‘गौतम बुद्धले गर्ने स्पोर्ट्स मिट भव्य र सभ्य तरिकाको हुने गरेको छ ।’
नर्सरीदेखि कक्षा १० सम्म अध्ययरत एक हजार बढी विद्यार्थीहरुले गौतम बुद्ध स्पोर्ट्स मिटमा भाग लिएका छन् ।

सम्बन्धित समाचार

वन नियमावली छिट्टै जारी गरिन्छ : मन्त्री जीवन आचार्य

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदा माथि छलफल गरेको छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा...

विराट नर्सिङ होममा सिण्डीकेट, भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलित

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल...

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

हिमालय दर्शन कलेजको अभिमुखिकरण चितवनको सौराहामा

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गराएको छ ।चितवनको सौराहामा रहेको बाटिका रिर्सोटमा एक भव्य कार्यक्रम विच यसैबर्ष भर्ना विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन...

महानगर स्तरीय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार महानगरभित्रका...

कोरोना प्रभावित भुल्केमा पैसासमेत चल्न छाड्यो

उदयपुर, १७ वैशाख-उदयपुरको भुल्केका २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिँदा भुल्केवासीहरूलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको...

लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...

एनएमएद्धारा सिएमई कार्यक्रम

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाले सिएमई कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शनिबार आयोजना गरेको हो ।विशेषज्ञ चिकित्सकहरुले अनुभव र शोघहरु प्रस्तुत गरेर अन्य विशेषज्ञ चिकित्सकहरुको चिकित्सकिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्