अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

 न्यूज विराट
अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्रथम हुने र छात्रातर्फ तृतीय हुने विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । १७ आंै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कलेजले उसु र छात्रतर्फको कबड्डीमा स्वर्णपदक जित्न सफल भएको थियो । त्यस्तै छात्रातर्फ रजतपदक जितेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अमित ढकाल, प्राचार्य सीएम श्रेष्ठ, निर्देशक दीपेश बास्तोला, अनिश भट्टराई, गजेन्द्र पण्डित, दुर्जय थापा, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले अविर र खादा लगाएर सम्मान गरेका थिए । मोरङको कटहरीस्थित योङ हर्ट ग्रुपले आयोजना गरेको अण्डर–१९ फुटबल प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
सोही अवसरमा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ११ को विज्ञानतर्फ अशोककुमार मण्डल, हस्तबहादुर बुढाक्षेत्री, परिणाम भण्डारी, कक्षा १२ का मञ्जिल दाहाल, विवश सापकोटा र अनुराधा थापालाई नगदसहित सम्मान गरिएको कार्यक्रम संयोजक मनोज तिवारीले जानकारी दिए । त्यस्तै व्यवस्थापनतर्फको कक्षा ११ मा प्रथम हुने जेयाकुमारी पोद्धार, द्वितीय हुने प्रशान्त धामी र तृतीय हुने साक्षी माझीलाई सम्मान गरियो । व्यवस्थापनतर्फकै कक्षा १२ को त्रैमासिक परीक्षामा प्रथम हुने प्रतिमा सिग्देल, द्वितीय हुने अभिशेक ठाकुर र तृतीय हुने पर्वत राजभोर पनि सम्मानित भएका छन् ।
त्यस्तै ११ र १२ कक्षाका विज्ञान र व्यवस्थापन दुवै संकायका उत्कृष्ट १५–१५ जना विद्यार्थीलाई पनि खादा र अविर लगाएर सम्मान गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद र अरु उत्कृष्ट विद्यार्थीलाई खादा र अविरले सम्मान गरिएको प्राचार्य सीएम श्रेष्ठले बताए । उनले अरु विद्यार्थीलाई पनि यसरी नै पुरस्कार र सम्मान प्राप्त गर्ने गरी उत्कृष्ट हुन आग्रह गरे । अध्यक्ष अमित ढकालले पाठ्यक्रमसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुनेगरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । निर्देशक दीपेश बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड र कटहरीमा आयोजित फुटबल प्रतियोगिताले अर्किडका विद्यार्थी हरेक क्षेत्रमा अब्बल छन् भन्ने कुराको प्रमाणित गरेको दाबी गरे । उनले निकट भविष्यमै आयोजना हुने हिसान कपमा पनि उत्कृष्ट हुनेगरी तयारी थाल्न आग्रह गरेका थिए । विद्यार्थीहरुको चौतर्फी विकासका लागि अर्किडले अध्ययनसँगै खेलकुद, कविता, वक्तृत्वकला, चित्रकला, वादविवादलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै प्राचार्य श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, ४ जिल्ला कोरोना ‘फ्री’

काठमाडौं, २३ असार-नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।  हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ७ हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको...

प्रहरीद्धारा १२ लाखको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

वलपुर, १५ मङ्सिर-यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा...

टी – २० क्रिकेट प्रतियोगिता : आर्मी सेमिफाइनलमा, दोस्रो खेलमा वागमतीको पहिलो जित

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।आर्मीसँग...

विराटनगर महानगरलाई सबैभन्दा कम बजेट

विराटनगर, २० जेठ । विराटनगरमा आगामी आर्थिक वर्षका लागि सवै भन्दा कम बजेट परेको छ । देशका ६ महानगरमध्ये आर्थिक वर्ष २०७९/०८० को लागि सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाले पाएको हो । विराटनगरले ललितपुर भन्दा...

शुक्रबारदेखि प्याब्सन स्पोर्टस मिट सुरू हुने, पुर्वसन्धयामा विराटनगरमा ¥याली

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्धयामा विराटनगरमा ¥याली निकालिएको छ ।प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो...

लिपुलेक विवादबारे प्रचण्ड: कागजमा जस्तै व्यवहारमा पनि सरकारले सही ढंगले काम गरोस्

काठमाडाैं, २८ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको...

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्