मिल्स नकआउट फुटबल : रेड स्टार, अर्किड र सगरमाथा स्कुल क्वाटरमा

 न्यूज विराट
मिल्स नकआउट फुटबल : रेड स्टार, अर्किड र सगरमाथा स्कुल क्वाटरमा

विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।
प्रतियोगिताको पहिलो खेल रेडस्टारले कान्तिपुर स्कुललाई १–० गोलले पराजित गर्यो । जितको लागि रेडस्टारका चोसेन गुरुङलले निर्णाय गोल गरे । खेलको म्यान अफ द म्याच रेडस्टारका जोसन कार्की घोषित भए ।
दोस्रो खेलमा अर्किड स्कुलले सुन्दरहरैचाको ब्राइट फियूचर स्कुललाई ३–० गोलले हरायो । जितको लागि अकिर्डको तर्फबाट दर्शन मागरले दुई गोल र रोमन सोनामले एक गोल गरे । दुई गोल गर्ने दर्शन मगर खेलको म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा सगरमाथा स्कुलले आर्दश स्कुललाई टाइब्रेकरमा ४–३ गोलले निराश बनायो । निर्धारित समयसम्म १ –१ गोलको बराबारी भएपछि जितको छिनोफोनो टाइब्रेकरबाट भएको हो । तेस्रो खेलको म्यान अफ द म्याच सगरमाथा स्कुलका गोलकिपर आशिष दाहाल घोषित भए ।
बुधबारको पहिलो खेल सगरमाथा स्कुल र मेरील्याण्ड बीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा रेडस्टार पथरी र सुनभागा उर्लाबारी बिच हुने आयोजकले जनाएको छ ।
मिल्स फार्क क्लब रानी विराटनगरको आयोजनामा पुस ६ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ जिल्लाभरीको १२ वटा विद्यालयको सहभागिता रहेको फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।

सम्बन्धित समाचार

ओलीको अभिव्यक्ति कुर्ची जोगाउने अस्त्र र राजनीतिक स्टन्ट : गगन थापा

काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...

विराटनगरमा ८ सहित प्रदेश १ मा १५६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विराटनगर, २८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास...

टि – २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा, मधेश र वागमती विजयी

विराटनगर । टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेल अगावे समुह...

महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका...

मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न

विराटनगर, २९ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लामा दलित समुदायका सवै प्रकारका समस्या पहिचान गरि समाधानका लागि अग्रसर हुने निर्णय गर्दै...

यस्तो छ आजको मौसम

काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

नाइके परिवर्तको माग गर्दै कैदीको नाराबाजी 

काठमाडौं, ११ जेठ-डिल्लीबजार कारागारका कैदी, प्रहरी र कारागार प्रशासनवीच बार्ता चलेको छ । कारागार भित्रका कैदीहले कारागारका आन्तरिक प्रशासन हेर्ने मुख्य नाइके परिवर्तनको माग गर्दै कारागार भित्रै नाराबाजी गर्न थालेपछि वार्तामा बस्नु परेको हो ।...

पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

काठमाडौं, पुस २२–चालू आर्थिक वर्षको मंसिरसम्ममा १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । गत आवको पहिलो पाँच महिनामा १ अर्ब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्