शिक्षादिपका विद्यार्थी नर्थ बेङ्गालको साईन्स सेन्टरमा, नेपालमै विज्ञान केन्द्र खोल्न माग
आइतबार, २३ मंसिर, २०८१,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरुले भारतको सिलगुडीस्थित नर्थ बेङ्गालको साईन्स सेन्टर अवलोकन गरेका छन् । उनीहरुले पढाइमा सिकेको कुरा प्रत्यक्ष रुपमा व्यवहारमा उतार्न कक्षा ११ मा कम्प्युटर साइन्स अध्ययन गर्दै आएका विद्यार्थीहरुलेसाइन्स सेन्टर अध्ययन अवलोकन गरेका हुन् ।
विज्ञान संकायका लिएर अध्ययन गरेका विद्यार्थीहरुको लागि विज्ञान केन्द्र हुन अनिवार्य हो । उनीहरुले पढेको कुरा व्यवहारिक रुपमा अभ्यासको लागि ल्याब आवश्यक पर्दछ । तर, नेपालमा विज्ञान सेन्टर नुहँदा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका विद्यार्थीहरु छिमेकी मुलुक भारतको सिलगुडीस्थित साइन्स सेन्टर जान बाध्य भएका छन् । त्यसैले शिक्षादीपका विद्यार्थी र शिक्षकहरुले सके देशभरीको सहरमा नभए सात प्रदेशहरुमा राज्यले एउटा साइन्स सेन्टर खोल्नुपर्ने माग राखेका छन् । नेपालमा भरपर्दो रुपमा साइन्स सेन्टर नहुदा विद्यार्थीहरुलाई लिएर भारतको सिलगुडी प्रत्येक वर्ष जानुपर्ने अवस्था रहेको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।
‘साइन्सका धेरै सम्भावना रहेको छ । साइन्स सेन्टर नेपालमा छैन । विद्यार्थीहरुलाई ११ र १२ विद्यार्थीले साइन्स पढ्ने गरेका छन् । विद्याथीहरुले किताबी ज्ञान मात्रै लिएका हुन्छन् । त्यो भनेको थेउरीकल हो । उनीहरुलाई प्राकिटल अभ्यास गराउनको लागि साइन्स सेन्टर आवश्यक पर्दछ । त्यो नेपालमा छैन । तेही भएर ५÷७ घण्टाको यात्रा गरेर छिमेकि मुलकु भारतको सिलगुडीमा आउनु पर्ने अवस्था छ,’ प्रिन्सिपल खड्काले भने, ‘ साइन्स सेन्टरमा विद्यार्थीले कितावी ज्ञान यहाँ आएपछि व्यवहारिक रुपमा प्रत्यक्ष हेर्न पाउँछन् । कम्प्युटर साइन्स लिएर अध्ययन गरेका विद्यार्थीहरुलाई हामी प्रत्येक वर्ष यहाँ आउनुपर्ने बाध्यता रहेको छ । त्यो पनि लाखौं रुपैयाँ खर्च हुने गरेको छ । फिजिक्समा पढेका कुराहरु प्राटिकल रुपमा अभ्यास र ज्ञान आर्जन गर्नको लागि हामीले एक दिने अध्ययन अवलोकन भम्रणमा लैजाने गरेका छौं ।’
राज्यले साइन्स सेन्टर नेपालको ७ प्रदेशको शहरहरुमा राख्नु पर्ने उनले माग राखे । ‘विज्ञान पढदै गरेका विद्यार्थीहरुले साइन्स सेन्टरको नाममा विदेश पैसा खर्च गर्न नपरोस भन्ने हाम्रो मान्यता हो । विद्यार्थीहरुले स्वदेशमै साइन्स सेन्टरमा गएर अभ्यास गर्न सक्नुपर्दछ । भारत सरकार अन्र्तगत सिलगुढीमा रहेको साइन्स सेन्टर रहेको हो । नेपालमा पनि यसरी खोल्न सकिन्छ । सक्दा प्रत्येक सहरमा खोल्नुपर्दछ । नभए प्रदेश प्रदेशमा एउटा साइन्स सेन्टर र आइटि ल्याब सरकारले स्थापना गर्न जरुरी छ,’ उनले भने । किताबी ज्ञानलाई व्यावहारिक रुपमा अभ्यास गर्दै अवलोकन गर्न पाउँदा पढाइमा सहजता भएको कक्षा ११ मा कम्प्युटर विज्ञान लिएर पढदै गरेकी छात्र प्रतिक भट्टराईले बताए । विद्यालयको पाठ्याक्रममा पढेको विभिन्न विषयलाई प्राक्टिकल रुपमा देख्ने अवसर पाएको कारणले पढाइमा थप सहजता भएको उनले बताए । साईन्स सेन्टरमा विद्यार्थीहरुले अन्तरिक्ष र खगोल विज्ञान, डिजिटल तारा मन्डल तथा अन्य विज्ञान विषयका आकर्षण ग्यालरी, विज्ञान पार्कहरुको अवलोकन गरेको शिक्षादिप कलेजका भौतिक शास्त्र र फिजिक्स शिक्षक दयानन्द सिंहले बताए । ‘पाठ्यक्रममा भएका विषय वस्तुलाई विज्ञानसँग सम्बन्धीत रहेकाले यहाँ प्राक्टिकल रुपमा अध्ययन तथा अवलोकन गर्दा धेरै कुराहरुको ज्ञान हासिल भएको छ,’ उनले भने , ‘साइन्स सेन्टरमा तारा मन्डर हेरियो । जुन हामीले पाठ्यक्रममा पढेका थियौ । हामीले पढेको कुरा यहाँ आएर अभ्यास गर्न पाउँदा निक्कै उत्साहित भएका छौं ।’ शिक्षादिप कलेजमा कम्प्युटर साईन्स अध्ययनरत कक्षा ११ का ३ सय बढी विद्यार्थीलाई नर्थ बेङ्गालको साईन्स सेन्टरमा विज्ञान सम्बन्धी अध्ययन तथा अवलोकन गरेका हुन् ।
विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र...
एजेन्सी, २१ वैशाख । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन...
पछिल्लो २४ घण्टामा नेपालमा नायाँ कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण...
विराटनगर, ५ पुस-विराटनगर–१० मा आइतबारदेखि एचडियुु र अक्सिजनसहितको एकसय वेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल संचालनमा आएको हो । अस्पताल...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् । मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र...
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय...
हेटौंडा, १९ जेठ-हेटौँडाका व्यवसायीहरूले देशमा जारी लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको भन्दै सरकारलाई चेतावनी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले...