मोरङ ट्राफिकको लापसे अभियान तिव्र : १० जना चालक प्रहरी नियन्त्रणमा

 न्यूज विराट
मोरङ ट्राफिकको लापसे अभियान तिव्र : १० जना चालक प्रहरी नियन्त्रणमा

विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि भएको छ । पछिल्लो समयमा लापसे गरेर पनि गाडी चलाउने चालक फेला परिरहेका छन् ।

सीमावर्ती बजार भारतको जोगवनीमा गएर लागूऔषध सेवन गर्ने र सवारी चलाएको फेला परेपछि त्यसविरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आक्रमक रूपमा प्रस्तुत हुन थालेको छ । त्यसैले अहिले लापसे जाँच अभियानलाई तीव्रता दिइएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।
सोही अभियानका क्रममा शनिबार विराटनगर १६ रानी क्षेत्रमा मोरङ ट्राफिक, इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोले संयुक्त जाँच अभियान सञ्चालन गरेको थियो । सो अभियानको क्रममा लापसे गरेर सवारी चलाउने १० जनालाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक लम्सालले बताए । १५ जनाको परीक्षण गरेको मध्ये १० जनाले लागुपदार्थ सेवन गरेको उनले बताए । लागूऔषध सेवन गरेर सवारी चलाउने पाँच जना सिटी र अन्य सार्वजानिक यातयत चलाउने गरेको उनले बताए ।
यसअघि पनि मोरङ ट्राफिकले लापसे गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको थियो ।

सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । यसरी परीक्षणको क्रममा लापेश गरेर सवारी साधन चलाएको पत्ता लगेपछि कारवाहीको दायरामा ल्याउने उनले बताए । लापसे सेवन गरेर सवारी चलाउने १० जनालाई ईलाका प्रहरी कार्यालय रानीमा पठाईएको छ । यस अघि रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।

ट्राफिक प्रहरीले लामो समयदेखि मापसे चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख लम्सालले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ ।

कसरी हुन्छ लापसे चेक ?
सवारी चालकको पिसाव चेकजाँच गरेर लागुपदार्थ खाए–नखाएको पत्ता लगाउने गरिन्छ । ‘लापसे चेक गर्ने एक प्रकारको किट हुन्छ । यो किटको माध्यमबाट तत्कालै लापसेको रिजल्ट थाहा हुन्छ । उक्त किटले कुन लागुपदार्थ भन्ने छुट्टिँदैन । तर, गाजा, चरेसलगायतका सवै पकारका लागुपदार्थ डिटेक्ट गर्छ । पिसाव चेकजाँचका क्रममा पोजेटिभ रिजल्ट आएका सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ,’ ट्राफिक प्रहरी निरीक्षक लम्सालले भने ।
लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउँछ । यसको सेवन गरेर सवारीसाधन चलाउँदा सवारी दुर्घटनाकोसमेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन मोरङ ट्राफिकले अभियान नै सुरु गरेको छ ।
यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको जानकारी उनले बताए । लापशे चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पानी पर्ने संभावना भने यथावत रहेको औल्याएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले...

अभियान्ता चापागाईं पक्राउ परेपछि चौतर्फी विरोध, रिहाइ नभए आन्दोलनमा उत्रिने अन्सारीको चेतवनी

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने विराटनगरकी ५२ वर्षीया इन्दिरा चापागाई पक्राउ परेपछि मेयर नागेश कोइरालाको सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग...

राष्ट्रियसभामा कांग्रेसको अवरोध

काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको...

विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...

झापामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

विराटनगर, साउन १६-झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेका...

मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो...

कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

कञ्चनपुर, २८ जेठ-कञ्चनपुरमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी २ र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्