टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

 न्यूज विराट
टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।
नयाँ भेरिएन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय रसन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार रहेको छ । जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ ।
कम्पनीका अनुसार टिभिएस आईक्युब३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित रहेको छ । पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइसअपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गतसवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।
उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, “नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।”
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो विचार राख्दै भने, “टिभिएसआईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं। नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।”
नयाँ टिभिएस आईक्युब२.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरकाटिभिएसका ४०वटाआधिकारिक डिलरहरूमा उपलब्ध भएको छ।

सम्बन्धित समाचार

वीरगन्जमा कोरोनाबाट थप १ महिलाको मृत्यु

वीरगन्ज, साउन १७-वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महनगरपालिका-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण...

लाखे नाच पर्वलाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू

विराटनगर । नेवार सामुदायका लाखे नाच पर्व लाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू बनाएर लागू गरिएको छ ।भी पुचः बिराटनगर, नेवा ः दे दबु मोरङ , बिराट नेवाः पुच , रानी...

तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको...

ऋषिकेशको स्वकीय सचिव पोखरेलको ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा पुग्यो, मोरङ प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर – ठगी गरी अपराधिक लाभ लिएको आरोप लागेको नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेल विरुद्ध मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी...

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

कोशी अस्पतालका नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग

विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...

चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा भोट हालेर इतिहास रच्नेछन्

देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्