नेकपा एस परित्याग गर्दै प्रदेश कमिटी सदस्य सहितका १४ जना एमालेमा प्रवेश

 न्यूज विराट
नेकपा एस परित्याग गर्दै प्रदेश कमिटी सदस्य सहितका १४ जना एमालेमा प्रवेश

विराटनगर । पार्टी विभाजनका क्रममा नेकपा एकिकृत समाजवादी तर्फ लागेका मोरङका नेताहरु आज सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य रविन नगरकोटी सहित चौध जना आज औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

नगरकोटी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । यस्तै एकिकृत समाजवादीको जिल्ला कमिटी सदस्य, नेपाल खेलकुद महासंघ समाजवादीको जिल्ला अध्यक्ष तथा नेपाल सितेरियो कराँते महासंघ कोशी प्रदेश कमिटीको महासचिव राम लिम्बुपनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ कराँतेका अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ ।

यस्तै जिल्ला कमिटी सदस्य तथा कटहरीका अध्यक्ष युवराज राजवंशी, विराटनगर–७ का वडा कमिटी सदस्य ओम पौड्याल, वडा कमिटी सदस्य वसन्ती परियार पनि एमालेमा प्रवेश गर्नुभएको छ । परियार  ०७४  र ०७९ मा विराटनगर–७ वडा दलित वडा सदस्यको उम्मेवार हुनुहुन्थ्यो ।

यस्तै खेलकुद महासंघको समाजवादीका प्रदेश कमिटी सदस्य एवम् मोरङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी दिनेश लाल कर्ण, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा एथ्लेटिक्सको अन्तर्राष्ट्रिय खेलाडी चन्द्रकला कामत, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा सुटिङको राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक कौशल आचार्य, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा फुटबलका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक पारस चौधरी, खेलकुद महासंघ जिल्ला कमिटी सदस्य अनमोल शिवा, खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य एवम् एथ्लेटिक्सको अन्तर्राष्ट्रिय खेलाडी उषा कर्ण चौधरी, खेलकुद महासंघ मोरङका सदस्य तथा  नेपाल कबड्डी संघ कोशी प्रदेशको सचिव एवम् राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाबुनन्द यादव र एकिकृत समाजवादी विराटगर–७ कमिटी सदस्य नयना श्रेष्ठ नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज जीवन घिमिरे, जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतका नेताहरुले खादा र टिका लगाएर स्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नेहरुलाई संक्षिप्त संवोधन गर्दै केन्द्रीय सदस्य जीवन घिमिरेले ढिलो चाँडो मुल पार्टीमा प्रवेश गर्नु भएकोमा धन्यवाद दिँदै पार्टीले सबैलाई जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा नेकपा एमालेबाट मात्र सम्भव भएको भन्दै त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट कृयाशील हुनुपर्ने बताउनुभयो ।

यस्तै जिल्ला अध्यक्ष बाबुराम कार्कीले बिना शर्त नेकपा एमालेमा फर्किएकोमा धन्यवाद दिँदै आवश्यकता अनुसार पार्टीले जिम्मेवारी प्रदान गर्ने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता भनेको स्थानीय तहको उप निर्वाचन भएको भन्दै पार्टीमा फर्किनेहरूलाई ग्रामथानको निर्वाचनका लागि खटिन आग्रह गर्नुभयो । एमाले प्रवेश गर्नेहरुको तर्फबाट बोल्दै रविन नगरकोटीले हिजो पार्टी विभाजनका क्रममा एकिकृत समाजवादी तिर लागेपनि देश र जनताको पार्टी नेकपा एमाले मात्रै रहेको महशुष भएपछि पुरानै पार्टीमा फर्किएको बताउनुभयो।

उहाँले एकिकृत समाजवादी पार्टी बन्नुको औचित्य नरहेको भन्दै त्यसभित्र पनि निषेध र गुटको राजनीति चरम रहेको बताउनुभयो । ‘हिजो एकिकृत समाजवादी तिर लागेका धेरै साथीहरु एमालेमा फर्किनुहुन्छ, उहाँले भन्नुभयो ‘ धेरैले एमालेमा फर्किने र केहीले स्वतन्त्र बामपन्थी भएर बस्ने बताइरहनुभएको छ ।’ अहिले निष्कृय भएर समाजवादीमा रहनुभएका नेताहरु ढिलो चाँडो एमालेमा नै फर्किनेमा आफु ढुक्क रहेको समेत उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

विराटनगर, जेठ ७–प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले...

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं...

धरानमा पहिरोले पुरिएर दुई बच्चाको मृत्यु

विराटनगर, २ कात्तिक । सुनसरीको धरानमा मंगलबार पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर एकै परिवारका एक बालिका र एक बालकको मृत्यु भएको हो । सुनसरी धरान उपमहानगरपालिका–...

१४ दिनअघि भारतबाट फर्केका वडा अध्यक्षमा र्‍यापिड टेस्ट पोजेटिभ

जनकपुरधाम, ८ वैशाख-धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका १ वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ आएको छ ।चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

वृद्धको मृत्युपछि विराटनगरको आइसिपी क्षेत्र तनावग्रस्त, दश राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । विराटनगर – १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।मृतकका आफन्तले लापरवाहीपूर्ण सवारी चलाउने चालकलाई कारवाही र परीवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आइसीपी...

एकै दिन तीन ५० वर्षीय पुरुषमा कोरोना संक्रमण

आइतबार एकै दिन ३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोरोना संक्रमण देखिएका तीनै जना पुरुष र ५० वर्षीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले बताए । आइतबार...

विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्