विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् । नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार श्रेष्ठ, सचिव ओमकुमार श्रेष्ठ, सहसचिवद्वय गोपाल पोद्दार र सुमिरा श्रेष्ठ, कोषाध्यक्ष प्रदीपकुमार कर्ण चयन भए ।
त्यस्तै सदस्यहरुमा धनबहादुर लकान्तरी, चन्द्रवती राई, प्रकाश लिङदेन, अलोक राई, अनिता सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्राकार र बलराम गिरी निर्विरोध चयन भए । राठी यसअघि आईटीए तेक्वान्दो संघ मोरङको अध्यक्ष थिए ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव पर्शुराम बस्नेतले खेलकुद सम्बन्धि स्पष्ट कानुन नहुँदा तीन तहका सरकारसँग समन्वय गरेर काम गर्न असहज भएको बताए ।
उनले भने, ‘प्रदेशका सबै प्रशिक्षहरुलाई स्पष्टसँग भन्ने गरेको छु, तपाईंहरु प्रशिक्षकले आफ्नो काम कर्तव्य के हो बुझ्न जरुरी छ । राम्रो खेलाडी बनाएर पदक जित्न सक्ने बनाउनु एक कुशल प्रशिक्षकको मुख्य जिम्मेवारी भन्ने बुझ्न जरुरी छ । तपाईं प्रशिक्षकहरु आफ्नो काम र आफू काम गर्ने संस्थाप्रति उत्तरदायी हुनुहुन वा बन्न सक्नुहुन्न भने राजीनामा दिनुहोस् ।’
आफू काम पनि नगर्ने गर्न खोज्नेलाई पनि नदिई ठाउँमा मात्रै ओगट्ने काम गर्न छाड्नु पर्नुपर्ने बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘प्रशिक्षकले समयअनुकूल परिवर्तन हुँदै नयाँ खेलका विधिबाट प्रशिक्षण गराउन नसक्दो सोच जस्तो नतिजा दिन सकेका छैनन् । काम गर्न नसक्ने भए राजीनामा दिए नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ तरिकाले प्रशिक्षणको व्यवस्था मिलाइन्छ ।’
‘कतिपय प्रशिक्षकहरु प्रशिक्षण त होइन दैनिक हाजिर गर्न समेत जानु सक्नुहुन्न । उहाँहरुले सम्मानका साथ राजीनामा दिए हुन्छ । कसै कसैले एक महिनाको हाजिर एकै पटक गर्ने गरेको पाइएको छ । उहाँहरुलाई स्पष्ट भनेको छु बानी सुधार्नु होस्’, बस्नेतले भने ।
प्रदेश सरकारले खेलकुदलाई बुझेकै कारण १० औं राष्ट्रिय खेलकुदका लागि १० करोड रुपैयाँ छुट्याएको बस्नेतले प्रष्ट पारे ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले खेलकुद क्षेत्रका विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । प्रयाप्त बजेट खेलकुद क्षेत्रमा विनायोजन नगरेको कारणले यस क्षेत्रको विकास हुन नसकेको उनले बताए । विराटनगर वडा नम्बर ४ का वडाध्यक्ष जितेन थापालगायतले सम्मेलनको सफलताको शुभकामना दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए ।
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...
एजेन्सी, २२ पुस-अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व...
विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिब ओपेन्द्र कुमार रायलाई पृती शोक परेको छ । रायको ७२ वर्षीय बुवा रामजी राय अमातको १४ माघमा निधन भएको हो । रायतको तीन छोरा र बुहारीहरु रहेका...
विराटनगर, ७ जेठ-मोरङको विराटनगर महानगरपालिका–१४ स्थित झडियारीमा १ जना वृद्धको घरभित्र गाडिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ५५ वर्षीय सत्यराम चौहानको शव आफ्नै घरभित्र करिब ३ फिट गहिरो खाडल खनेर गाडिएको अवस्थामा शव...
विराटनगर, ६ कात्तिक । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश...
काठमाडौं, ३० चैत-गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने सो हेल्पलाइनमा कोरोना महामारीका कारणले...
काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...
विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...