विराटनगरमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट गरी लुटपाट, ९ दिनपछि पक्राउ

 न्यूज विराट
विराटनगरमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट गरी लुटपाट, ९ दिनपछि पक्राउ

विराटनगर । फरक क्षमता भएका एक जना व्यक्तिलाई निर्घात कुटपिट गरेर लुटपाट गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २४ वर्षीय राजकुमार सहनीलाइ प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई आक्रमण गरेर लुटपाट गरेको आरोपमा प्रहरीले सहनीलाई आइतबार पक्राउ गरेको हो ।
सहनीलाई विराटनगरको बसपार्कबाट पक्राउ गरिएकोे मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
सहनीले कात्तिक ४ गते बिहानका राति ३ बजेतिर फरक क्षमता गुरुङलाई आक्रमण गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट गुरुङको दुवै हात भाँचिएको छ । टाउकोलगायत शरीरमा विभिन्न भागमा गहिरो चोट लागेको छ ।
गुरुङ बोल्न र सुन्न सक्दैनन् । इसाराले मात्रै कुरा गर्न सक्छन् । आक्रमण गरेर उनको साथमा भएको २० हजार रूपैयाँ नगदसमेत लुटपाट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोरखाबाट विराटनगर–१६ दरैया आएका गुरुङलाई रोडशेषबाट सीटी सफारीमा राखेर बसपार्क हुँदै महेन्द्र चोक पश्चिमस्थित नयाँ गोल्डेन अस्पतालपछाडि पुर्याएर बाँसले निर्घात कुटपिट गरिएको डिएसपी जोशीले बताए । मरणासन्न हुने गरी कुटपिट गरी २० हजार रूपैयाँ लुटपाट गरेर गुरुङलाई छाडिएको प्रहरीको भनाइ छ । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
सीसी क्यामेरा फुटेज अध्ययन गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको डिएसपी जोशीले बताए । पक्राउ परेका सहनीविरुद्ध कुटपिट तथा अंगभंग शीर्षकमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए ।

सम्बन्धित समाचार

पार्टी फुट्छ भने पहिला नेकपा फुट्छ : मोहम्मद इस्तियाक राई

काठमाडौं, ११ वैशाख-समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् । नेता राईले पछिल्लो समय आफूहरूले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका...

चीनमा पानीजहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी, १२ असोज । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक...

मोहम्मद आफताव आलमका भाइ पक्राउ गर्न गएको प्रहरी टोलीले चलायो १२ राउण्ड गोली

काठमाडौं, ९ जेठ-रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम...

नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...

सेनाले गर्‍यो सम्मानका साथ काेरोना संक्रमितको शव व्यवस्थापन

धनगढी, ४ असार-कोरोना संक्रमणका कारण बुधबार बेलुका सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले व्यवस्थापन गरेको छ । मृतकको शव मोहना नदी किनारमा मापदण्डअनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए...

भगवान् रामचन्द्रको सम्झनामा देशभर रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा...

आज देशभरको मौसम सफा रहने

काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो...

एच.पी.भी. विरुद्ध खोप अभियान सुरु, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

विराटनर । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू भएको छ । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्