‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन

 न्यूज विराट
‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन

विराटनगर । छन्द कवि रोहिणी रसिकको ‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन भएको छ । खोटाङ सेवा सामाजिक मञ्चले आयोजना गरेको कार्यक्रममा सो कविता सङ्ग्रहको विमोचन गरिएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार टङ्क न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष गङ्गा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि समालोचक छवि वैरागीले समीक्षा गरेका थिए । उनले कविता सङ्ग्रहमा सामाजिक विकृति विसङ्गति प्रति विद्रोह ओकल्दै सभ्य समाज स्थापनाको पक्षमा सशक्त वकालत गरेका कविताहरूको आधिक्यता रहेको बताए । त्यस्तै कविताहरूमा राष्ट्रप्रेम, मानवतावाद र विश्व शान्तिको कामना समेत गरिएको चर्चा गरे । सो अवसरमा साहित्यकार प्रिन्स प्रमोद ढकाल, चिरञ्जिवी काफ्ले, तुलसी अधिकारी, नारायणप्रसाद पोखरेल, तारा पराजुलीलगायतले विमोचन भएको संग्रह भित्रका कविता वाचन गरेका थिए । शब्द मिडिया प्रकाशन प्रा.लि. (साहित्यपोष्ट) ले प्रकाशित गरेको सङ्ग्रहमा १२ वटा शास्त्रीय छन्दका ५९ वटा कविताहरू रहेका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सङ्ग्रह भित्रका कविताहरूले छन्दको मर्यादा पालना गरेको तथा कविले हरेक विषयबस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै कवित्व प्रदान गर्नुभएकोले सङ्ग्रह पठनीय रहेको बताए ।

सम्बन्धित समाचार

प्याब्सनकाे प्रस्ताव: एसईई परीक्षा नलिऔं, विद्यालयको मूल्यांकनलाई आधार मानौं

काठमाडौं, २३ वैशाख-निजी तथा विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मुल्यांकनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । ‘अहिलेको परिस्थितिमा परीक्षा गर्न सकिँदैन,’ प्याब्सन अध्यक्ष टिका पुरीले भने, ‘विद्याललको...

खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...

विराटनगरको तीन स्थानमा ‘जेब्रा क्रसिङ्ग’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ्ग’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । ट्राफिक चोकसहित...

अष्टलक्ष्मी शाक्य मसँग सल्लाह गरेरै मुख्यमन्त्री बन्नुभएको हो:माधव नेपाल

काठमाडौं, ८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगै सल्लाह गरेरै मुख्यमन्त्री बनेको दाबी गरेका छन् । मंगलबार चन्द्रागिरि रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफूसँगै सल्लाह गरेरै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री...

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

महामारीमा सुरक्षित व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, १ जेठ-राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड-१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा...

राष्ट्रपति भण्डारीको आह्वान : घरमै बसेर सरकारलाई सहयोग गरौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पनि देखिएको कोविड–१९ विरुद्ध आ–आफ्नो ठाउँबाट क्रियाशील हुन सबै पक्षलाई आग्रह गरेकी छन् । बिहीबार तेस्रो नेपालीलाई कोरोना संकम्रमण पुष्टि भएपछि एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले घातक भाइरसविरुद्धको अभियानलाई सुदृढ...

जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्