पोलियो दिवसको अवसरमा विराटनगरमा र्याली

 न्यूज विराट
पोलियो दिवसको अवसरमा विराटनगरमा र्याली

विराटनगर । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विभिन्न पाँच वटा क्लबको संयुक्त आयोजनामा विराटनगरमा र्याली निकालिएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको अगुवाईमा विराटनगरका पाँच वटा क्लबहरुसँग समन्वय गरि र्याली निकालिएको हो । बिहीबार विराटनगरस्थित रोटरी भवनबाट पोलियो उम्मुलन गरौँ भन्ने नारासहित निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो ।

डिस्ट्रीक्ट गभर्नरसँग सोधेर अब पोलियो अन्त्य गरौँ भन्ने नारा लेखिएका टिसर्ट, क्याप र प्लेकार्डसहित र्यालीले नगर परिक्रमा गरेको हो । र्यालीमा रोट्रायाक्टहरु, एडप्ट स्कूलका विद्यार्थीहरु, शिक्षकहरुसहित, क्लबहरुका पदाधिकारी र सदस्यहरु ग्रि सयौँको सहभागीता रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् । र्याली पछि सहभागीलाई खाजा खुवाएर विदाई गरिएको थियो ।

सम्बन्धित समाचार

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

विराटनगरस्थित अर्किड स्कुलमा सचेतनामुलक कार्यक्रम

विराटनगर, १० मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित अर्किड पब्लिक स्कुलमा सचेतनामुलक कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरत छात्राहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । क्लबले महिनावारी स्वच्छता सचेतना कार्यक्रम तथा महिनावारी...

मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...

मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।   स्वास्थ्य...

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

महिलाहरुलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर । महिलाहरुलाई साक्षर बनाउने अभियानमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन जुटेको छ । अन्तराष्ट्रिय महिला दिवर र विश्व साक्षरता दिवसको अवसर पारेर क्लबले साक्षरता अभियानको सुरुवात गरेको हो।  रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बुद्धनगरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्