विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र, अनलाइनबाट पनि टिकट काटन मिल्ने
आइतबार, ०४ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक एवम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण रहेका छन् । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहने संयोजक स्यान्ट्रोले बताए । यस पटकको म्युजिक फेस्टिबल फरक तरिकाले नयाँपन दिने गरी तयारी गरिएको उनले बताए । ‘संगीतप्रेमी दर्शक स्रोताहरुको लागि अनलाइनबाट पनि टिकट काटने व्यवस्था हामीले मिलाएका छौं,’ उनले भने, ‘त्यसको लागि मोवाइलमा आइएमबी एप डाउनलोट गरेर म्यूजिक फेस्टिबलको टिकट लिन सकिनेछ । त्यस बालेक पनि विराटनगरको २० भन्दा बढी स्थानमा टिकट पाइन्छ ।’ फेस्टिबल सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने उनले बताए ।
‘यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हो,’ संयोजक स्यान्ट्रोले भने, ‘यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ ।’ फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिने उनले बताए । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको संयोजक स्यान्ट्रोले बताए । म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ । फेस्टिबल हेर्नको लागि आयोजकले २ सय रुपैयाँ टिकट राखेको छ ।
काठमाडौं उपत्यकामा गएको एक महिनाको तुलनामा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । तरकारीको आपूर्ति बढे पनि माग अत्यधिक भएकाले मूल्य बढेको व्यापारी बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मात्रै...
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् ।उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका...
नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४ करोड रुपैयाँबराबरको राजस्व डिजिटल माध्यमबाट संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था गत १ पुसदेखि कार्यान्वयन गरिएको थियो । यसरी भन्सार विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा...
विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...
काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...
काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल वैशाखदेखि २०६३...
विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरी पछिल्लो समय सामाजि क्षेत्रमा सक्रिय भएर लागि परेका छन् । उनले आर्थिक विपन्न परिवारलाई जाडोको न्यायो कपडा बितरणदेखि उपचार नपाएर अस्पतालमा छटपटिरहेका विरामीको उपचार गरेर सामाजि कार्यमा...