साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

 न्यूज विराट
साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ।

अघिल्लो संस्करणमा पनि भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना गरेको थियो। उक्त खेलमा नेपाली गोल मेसिन सावित्रा भण्डारी र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको थियो।

सावित्रा र अनिताले समान दुई गोल गरेकी थिइन्। सावित्रा शुक्रबार भुटानविरुद्ध हुने खेलमा उपस्थित हुने छैनन्। फ्रान्सेली क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनी आइतबार मात्रै नेपाल ओर्लिने छिन्। उनको स्थानमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले रश्मिकुमारी घिसिङलाई आक्रमणको जिम्मेवारी दिने सम्भावना छ।

रश्मि एन्फा महिला लिगको पहिलो चरणको सर्वाधिक गोलकर्तासमेत हुन्। उनले ९ खेलमा १८ गोल गरेकी थिइन्। सावित्राको स्थानमा आफूले मौका पाए उत्कृष्ट प्रदर्शन गर्ने उनले बताएकी छन्।

अहिलेसम्म भएका चार भेटमा भुटानविरुद्ध नेपाल अपराजित छ। यो यात्रालाई निरन्तरता दिने नेपाललाई मौका छ। साफ माहिला च्याम्पियनसिपमा नेपाल र भुटानको पहिलो भेट सन् २०१४ मा समूह चरणमा भएको थियो। उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो।

सम्बन्धित समाचार

रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता...

सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, विराटनगरको सयौं घर डुवानमा

विराटनगर । विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पसेको छ । दुई दिनदेखि लगातार परेको वर्षाले सिंघिया खोलाको बाढी विराटनगर १ गंगाटोला र विराटनगर २ को सुकुम्बासी बस्तीमा पसेको हो । सिंघिया...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । विहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ ।...

बुहारीको योजनामा ससुराको हत्या, चार जना पक्राउ

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा एक वृद्ध पुरुषको हत्यामा उनकै बुहारीको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ। ७२ वर्षीय मीनबहादुर कुमालको गत शनिबार राति आफ्नै घरको बरन्डामा सुतिरहेका बेला घाँटी थिचेर हत्या गरिएको थियो।...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

दिब्य ज्योती अस्पतालमा ‘फास्ट ट्रयाक’ बाट उपचार

विराटनगर । विराटनगर १४ मलाया रोडमा रहेको दिव्य ज्योती हस्पिटलमा ‘पेइङ्ग क्लिनिक (फास्ट ट्रयाक) तथा डे केयर सेवा सुरु गरेको छ । विरामीलाई गुणस्तरीय सेवा दिदै आएको दिब्य ज्योतीले विरामीहरूलाई छिटो र छरितो सेवा प्रवाह...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं, ५ मंसिर-औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा...

जिफन्टद्धारा विराटनगर युवा कमिटि गठन : अध्यक्षमा रमेश, उपाध्यक्षमा सृजना

विराटनगर । नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशी प्रदेश युवा कमिटिद्धारा युवा भेला आयोजना गरेको छ । विराटनगरस्थित पानचालीमा रहेको पार्टी कार्यालयमा शनिबार प्रथम विराटनगर महानगर कमिटिको युवा भेला आयोजना गरिएको हो । उक्त भेलाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्