रविदानन्द चौधरी स्मृति कप , रंगशाला भेट्रान्स सेमिफाइनलमा
बुधबार, ३० असोज, २०८१,
न्यूज विराट
विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगितामा विराटनगरको रंगशाला भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा बुधबार भएको खेलमा जनता भेट्रान्स क्बललाई ४–२ गोलले टाइब्रेकरमा हराउँदै रंगशाला भेट्रान्स क्बल सेमिफाइलनमा पुगेको हो । निर्धारित समयसम्म २–२ गोलको बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको प्लेर अफ द च्याच रंगशाला भेट्रान्सका गोलकिपर सुरेन्द्र चौधरी घोषित भए । उनले नगद एक हजार पाए । बिहीबारको खेल राइजिङ भेटान्स इटहरी र ढल्केजवान भेट्रान्स इटहरी सुनसरीबची हुने टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेतालाई ३१ हजार, उपविजेतालाई २१ हजार र ट्रफि रहेको छ । फाइनल खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद ७ हजार, बेष्ट प्लेयर र बेष्ट किपरलाई ५ हजार पाउनेछन् ।
विराटनगर, जेठ १८–विराटनगरस्थित पोखरिया मावि र नीजि विद्यालयका विभिन्न संगठनहरुबीच विवाद बढीरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय अभिभावक संघ विराटनगर समितिले पनि मुख खोलेको छ । पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण...
विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...
विराटनगर । विराटनगर– १० सनसारीमाइस्थान स्थित अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।कक्षा ११...
भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...
काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...
विराटनगर । प्रदेश १ को १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोउत्कृष्ट सामुदायिक विद्यालय रहेको पाइएको छ । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पुरा गर्ने प्रदेशमा...