प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ६८ जनाले गरे रक्तदान

 न्यूज विराट
प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ६८ जनाले गरे रक्तदान

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङको उपस्थिती भएको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीले रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रमलाई सम्वोधनको क्रममा मन्त्री अधिकारीले प्रहरीले शान्ति सुरक्षाका साथै जनताको साथी भएर निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आईरहेको बताए । यो रक्तदान कार्यक्रम ज्वलन्त उदाहरण रहेको उनले बताए । रक्तदान जीवन दान भन्दै यस्ता पुनित कार्यको लागि अग्रणि स्थानमा रहेर देश र जनताको सेवा गर्ने नेपाल प्रहरीलाई मन्त्री अधिकारीले धन्यवाद ज्ञापन गरे । उनले मानविय सेवामा सहयोग पु¥याउनु हुने रक्तदाताहरुलाई प्रसंसा पत्र समेत प्रदान गरे ।
नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारण समेत गरी ६८ जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृततथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

अपाङ्गगता भएका व्यक्तिलाई संसद् बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

विराटनगर । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् । नेत्रहीन युवा सङ्घ नेपाल...

सार्वजानिक गाडी दुरूपयोग गरेको भन्दै कानेपोखरीमा स्थानीयको विरोध

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्गनामले सार्वजानिक विदाको दिन सरकारी गाडी दुरूपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।सार्वजानिक विदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय गाउँपालिकाको मुख्य गेटमा मंगलबार...

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप...

कोरोना संक्रमणबाट पञ्जाब प्रहरीका एसीपीको निधन

एजन्सी, बैशाख ७-कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसीपीप अनिल कोहलीको मृत्यु भएको छ । लुधियानाका एसीपी कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई लुधियानानको एससीएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो...

कोरोना परिक्षणका लागि कोशी अस्पतालको ल्याव मुख्यमन्त्री राईद्धारा निरिक्षण

विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण...

प्रदेश स्तरीय आईटिएफ तेक्वाण्डो बेलबारीमा सुरू

विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना...

बालुवाटारमा ओलीलाई देउवाका ५ सुझाव

काठमाडौं,१२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाएका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार गएको बताए । सुरुवातमा देउवा...

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्