मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने, उद्घाटनमा आयोजक र युनाइटेड भिड्दै
शनिबार, १२ असोज, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेताचोक टाईगर क्लव ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गते देखि ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा शुरू हुन लागेको हो । आयोजकले मोरङको नेताचोकमा शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गारएको छ । प्रतियोगितामा ४० वर्ष नाघेका भेट्रान खेलाडीहरुले भाग लिन पाउने क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । आयोजक नेता चोक टाईगर क्लव, रंगशाला भेट्रान , विराटनगर युनाइटेड, चर्च इसाई युनाइटेड इटहरी, वराह भेट्रान बराहक्षेत्र, बोराबाध भेट्रान बेलबारी, विराट भेट्रान क्लव विराटनगर चोक र जनता भेट्रान सुनसरी वीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल आयोजक नेताचोक टाईगर क्लव र विराटनगर युनाइटेडवीच हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा पशुपति बोर्डिङ र सहप्रायोजकमा थारू कल्याणकारी सभा मोरङ रहेको छ । प्रतियोगिताका विजेतालाई ३१ हजार, उपविजेतालाई २१ हजार र ट्रफि रहेको छ । फाइनल खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद ७ हजार, बेष्ट प्लेयर र बेष्ट किपरलाई ५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार नगद र ट्रफि प्रदान गरिनेछ । प्रतियोगितामा ५ लाख ५५ हजार खर्चको हुने अनुमान गरिएको क्लवका सचिव अविन गिरीले जानकारी दिए ।
धनगढी, ३१ वैशाख । अक्सिजन नपाएर बिरामीहरू अस्पताल र होम आइसोलेसनमा छटपटाइरहेका छन् । सुदूरपश्चिमभरि निजी क्षेत्रबाट सञ्चालित धनगढीस्थित एक मात्र ग्यास उद्योगको मेसिनसमेत बेलाबेला बिग्रन थालेपछि संकट झनै चुलिँदो छ । तर आफैं अक्सिजन...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालकाे परराष्ट्र...
विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल शनिबार विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको उपाधि जित्नको लागि ४४ जना प्रतियोगिहरू प्रतिस्पर्धामा उत्रिदैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन...
विराटनगर, २० भदौ–विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको शनिबार विहान ११ बजे मृत्यु भएको हो...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका...
काठमाडाैं, २२ साउन-कोरोना भाइरसका कारण स्वदेश फर्किने खर्चको अभावमा मलेसियामा अलपत्र अवस्थामा रहेकाहरूलाई सरकारी खर्चमा उद्धारका लागि निवेदन दिन मलेसियास्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी गराएको छ । रोजगारी गुमाएका र नेपाल फर्किन हवाई टिकटसमेत काट्न...
काठमाडौं, २७ वैशाख-सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको जनाएका छन् । शनिबार अवेर विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् । नेपालको भूमि लिपुलेकमा बनाइएको सडक भारतीय...
विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं. ३ को सभापतिमा धर्मेन्द्र बानीया (धर्म) निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा २२६ मत ल्याएर धर्म सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदमा चार जनाको...