फार्मास्यूटिकल एसोसिएसन कोशीले मनायो विश्व फार्मेसी दिवस, फर्मासिस्टको दरबन्दी बढाउन माग

 न्यूज विराट
फार्मास्यूटिकल एसोसिएसन कोशीले मनायो विश्व फार्मेसी दिवस, फर्मासिस्टको दरबन्दी बढाउन माग

विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो ।

विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस मनाएको छ ।
नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भु शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीले औषधि संवन्धि जनगुनासो ब्यापक आउने गरेको बताए । औषधिको गुणस्तर कम रहने, औषधिको खरिदमा कमिसनको खेल हुने गरेको भन्ने गुनासो व्यापक आउने गरेको तथा प्रलोभनमा परि अनावश्यक औषधिको प्रेस्काइव तथा वितरणहुने गरेको तथा नियमनकारी निकायबाट कमजोर नियमन हुने भन्ने जनगुनासो बढेको उनले बताए । औषधि उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको व्यवस्था अनिवार्य रहेको जानकारी गराउँदै उनले सबै समस्या समाधानका लागि अहिलेको सरकार सकारात्मक रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका स्वास्थ्य सचिव डा. राधिका थपलियाले प्रदेशमा फार्मेसी सेवा समुहको जनशक्ति न्युन रहेको स्वीकार गर्दै आगामी दिनमा दरबन्दी बढाउन पहलकदमी लिने बताइन् । औषधि अन्वेषण, उत्पादन अनुसन्धान, परिक्षण, खरिद, विक्रिवितरण, भण्डारण, गणस्तर कायम साथै आपुर्ति व्यवस्थापन कार्यमा फार्मेसी जनशक्तिको भुमिका महत्वपुर्ण रहेको र सेवा समुहलाइ अलग राखि गुण्स्तरीय स्वास्थ्य सेवा प्रवाह परिकल्पना गर्न नसकिने उनले बताइन् । ‘प्रदेशको संगठन तथा व्यवस्थापन सर्भेमा सरोकारवालासँग छलफल गरि दरवन्दी सृजनाका विषयमा सकारात्मक रहेको र अहिलेको मुख्य चुनौती प्रति जैविक प्रतिरोधको बढ्दो समस्या तथा औषधिको समुचित प्रयोगमा भएको विकृतिलाइ कम गर्न पनि फार्मेसी जनशक्तिको अपरिहार्य रहेको छ,’ उनले भनिन् ।
नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भु साहले औषधि उत्पादन देखि उपभोगसम्म फार्मेसी जनशक्तिको महत्वपुर्ण भुमिका रहेको बताए । ‘त्यसै कारणले पनि जहाँँ औषधि त्यहाँ फर्मासिस्ट भन्ने कुरा पनि कागजमा मात्र सिमित रहेको छ । रोजगारीको अवसर न्युन रहेको दक्ष जनशक्ति विदेश पलायन हुनु बाध्यता रहेको छ,’ उनले भने, ‘फार्मेसी सेवा समुहलाई राज्यबाटै अवमुल्यन गर्नु दुःखद हो । ’ दरवन्दीका विषयमा असमानता देखिएको ५० वेड भन्दा माथिको अस्पतालहरुमा फार्मेसी अधिकृतको दरवन्दी हुनुपर्ने उनले बताए । प्रादेशिक अस्पताल समेतमा भएको दरवन्दी समेत शून्य बनाएको उनले बताए । ‘इलाम, धनकुटा, उदयपुर र संखुवासभामा १–१ वटा मात्र फार्मेसी सहायकको दरवन्दी रहेकोमा अन्य जिल्लामा शून्य रहेको छ । समय समयमा जारी भएको नीति नियम निर्देशिका जस्तै २०३५ सालमा औषधि ऐन, २०५२ सालमा आएको राष्ट्रिय औषधि नीति, २०७१ को स्वास्थ्य नीति , २०७२ को अस्पताल फार्मेसी संचालन निर्देशिका, २०७५ को जनस्वास्थ्य ऐन २०७६ को स्वास्थ्य नीति हरुमा स्वास्थ्य सेवा सुदृढीकरणका लागि फार्मेसी जनशक्तिको आवश्यकता उल्लेख भएता पनि कागजमा मात्रै सिमित रहेको छ,’ अध्यक्ष साहले भने, ‘ यसलाइ लागू गराउन एनपिए लाग्ने र सरोकारवाला सबै निकायलाइ यो अभियानमा साथ दिन अनुरोध गर्दछु ।’
त्यस्तै स्थानीय तहका अस्पताल देखि स्थानीय तहले खरिद गर्ने औषधिको गुणस्तर यकिन, भण्डारण तथा यथोचित बितरण फार्मेसी जनशक्ति बाट हुनु पर्नेमा सो नभएको उनले बताए । ‘प्रदेश सरकारको यस तर्फ ध्यान जान जरुरी रहेको छ । सरकारी अस्पतालमा फार्मेसी सेवा अनिवार्य गरि आवश्यक औषधिहरु सहज र सहुलियत मुल्यमा उपलब्ध हुने ब्यबस्था मिलाउने भनी अख्तियारको ३२ औ बार्षिक प्रतिवेदनले समेत सुझाव दिएको अवस्था रहेको र महालेखा परिक्षकको प्रतिवेदनमा समेत औषधि बिक्री बितरणमा फार्मासिस्टको प्रत्यक्ष सहभागीता हुनु पर्ने उल्लेख गरिएको छ,’ उनले भने ।
सोही अवसरमा अवसरमा फार्मेसी क्षेत्रमा लामो समय देखि कार्य गरेका गणेश कुमार तामाङ , औषधि उत्पादन क्षेत्रमा सक्रिय रहेका अलाइभ फार्मास्युटिकलका सस्थापक सुवर्ण भक्त जोशीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगरका निमित्त प्रमुख निकेश श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघ, केन्द्रीय सदस्य प्रदिप कुमार दास, नेपाल औषधि व्यवसायी संघ, कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, नेपाल औषधि बिक्रि प्रवन्धक संघ कोशीका प्रतिनिधी तेज नारायण साह, पशुपंक्षी औषधि व्यवसायी संघका पुर्वअध्यक्ष विष्णु कुमार निरौला, मनमोहन प्राविधिक विश्व विद्यालय फार्मेसी विभागका साइविजय रिजाल, प्रदेश भरीका अस्पताल फार्मेसीका प्रमुख तथा प्रतिनिधीहरु, औषधि उद्योगमा कार्यरत फर्मासिस्टहरु, फार्मेसी विज्ञान पढाईहुने कलेजका अध्यापकहरु, सामुदायिक फार्मेसी सञ्चालन गरिरहेका फार्मासिस्टहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

सरिता गिरीकाे ठाउँमा लीला सिटाैला बनिन् सांसद

काठमाडाैं, १२ साउन-निर्वाचन आयोगले लीला सिटौलालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाे घोषणा गरेको छ ।जनता समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीकाे ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सांसद बनाउने निर्णय भएकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 'सरिता...

रौतहटमा एकै वडाका ७ जनामा कोरोना संक्रमण 

काठमाडौं, ४ जेठ-आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० मध्ये ७ जना एकै वडाका बासिन्दा रहेको खुलेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पुष्टि भएकामध्ये ७ जना रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का...

प्रचण्ड–उपेन्द्रको षडयन्त्र बिफल : पदमुक्त जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्चको आदेश

काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र जनता समाजवादी नेता –जसपा)का नेता उपेन्द्र यादवको षडयन्त्र बिफल भएको छ । पार्टीभित्र छलफल नै नगरी उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पठाएको कार्वाहीको...

भोजपुरको शहीद पार्क संरक्षणविहीन अवस्थामा

भोजपुर, फागुन ९–भोजपुर सदरमुकाममा रहेको शहीद पार्क संरक्षणविहीन अवस्थामा पुगेको छ । विगतमा जिल्ला विकास समितिको संरक्षणमा रहेको सो पार्क अहिले आएर जिल्ला समन्वय समितिमातहतमा रहेको छ । सदरमुकामभित्र रहेर पनि पार्कको उचित व्यवस्थापन हुन...

भारतमा ५० लाखभन्दा बढीले जिते कोरोना

एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी...

हिसान खेल ः ग्रिनल्याण्ड क्रिकेटको फाइनलमा, बास्केट बलको उपाधि विकेभिएम तथा भलिबलको उपाधि कान्तिपुर र रेड स्टारलाई

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड...

कारोना संक्रमितको उपचारका लागि कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयार

विराटनगर, चैत ४–कोरोना भाईरसबाट संक्रमित भएका बिरामीको उपचारको लागि कोशी अस्पतालले आइसोलेसन वार्ड तयार गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका संक्रमित आए त्यसको तत्काल उपचार थाल्ने गरि आजबाट ३ वटा वार्डमा १२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्